विभाजित नेकपामा संसदीय दलको नेता बन्दै दाहाल

आदर्श समाज संवाददाता
पौष ८, २०७७
prachanda dahal

पाेखरा । संसद् विघटन भएसँगै विभाजित भएको नेकपाको दाहाल(नेपाल पक्षको संसदीय दलको बैठक आज  बस्दै छ ।

दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संसदीय दलको बैठकले दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्ने भएको छ ।

सांसद् देवेन्द्र पौडेलका अनुसार माधवकुमार नेपाललाई अध्यक्ष बनाइएकाले दाहाललाई संसदीय दलको नेता बनाउन लागिएको हो ।

हिजो बसेको नेकपाको दाहाल नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले माधव नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । पार्टीमा दाहाल र नेपालको समान हैसियत हुनेगरी उनलाई अध्यक्ष बनाइएको थियो ।

वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाएसँगै सहमतिमै दाहाललाई संसदीय दलको नेता बनाउँन लागि नेपाल निकट एक सांसद्ले पनि बताएका छन् ।

यसअघि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्दा पनि दाहाललाई भावी प्रधानमन्त्रीको रुपमा उल्लेख गरिएको थियो।

दाहाल नेपाल पक्षीय प्रतिनिधि सभा सदस्यको सोमबार पनि बैठक बसेको थियो। बैठकमा ९० जना सांसदको उपस्थिति थियो।

Related News

सम्बन्धित समाचार

hero news full width