पोखरामा नेकपाकै विद्यार्थीले प्रधानमन्त्रीको पुतला जलाए

आदर्श समाज संवाददाता
पौष ५, २०७७
pkr birodh

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरेपछि पोखरामा विद्यार्थीहरुले प्रधानमन्त्रीको पुतला दहन गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता माधवकुमार नेपाल पक्षधर अनेरास्ववियुका विद्यार्थी, जनता समाजवादी पार्टीका विद्यार्थी संगठनले पोखराको पृथ्वीनारायण क्याम्पसको गेटबाहिर पुतला दहन गरेका हुन् ।

विद्यार्थीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरे पनि उनीहरु पछि हटेका छैनन् । अहिले उक्त क्षेत्र निकै तनावग्रस्त बनेको स्थानीयले बताएका छन् ।
संसद विघटनको प्रस्ताव तत्काल फिर्ता नलिए देशभर आन्दोलन उठाउने चेतावनी विद्यार्थीले दिएका छन् ।

समाजवादी विद्यार्थी संगठनका नेता रेशम सापकोटाले हिजो जसरी ज्ञानेन्द्र ‘कू’ विरुद्ध संयुक्त विद्यार्थी आन्दोलन सुरु गरेजस्तै प्रधानमन्त्रीविरुद्ध संयुक्त विद्यार्थी आन्दोलन उठेको भएको बताए ।

पोखरामा अरु भागमा पनि विरोधका कार्यक्रम रहेको विद्यार्थीहरुले जनाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width