दमौली । नेपाली काँगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार दलबलसहित बुल्दीखोला पुल उद्घाटन गरेका छन् । बुधबार सोही पुल उद्घाटन गर्न जानेक्रममा नेता पौडेल ३ घण्टासम्म प्रहरी नियन्त्रणमा परेका थिए ।
जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी नेता पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । तर नेता पौडेल कार्यकर्तासहित जाँदा प्रहरीसँग झडप भएको थियो र गिरफ्तारीमा परेका थिए । विहीबार भने पुल उद्घाटनमा प्रशासनले अवरोध गरेन ।
उद्घाटन कार्यक्रममा बोल्दै नेता पौडेलले सरकार आफैमा कम्युनिस्ट नरहेको टिप्पणी गरे ।उनले भने, ‘अहिलेको सरकार कम्युनिष्ट सरकार हो, तर नेपाल कम्युनिष्ट राज्य होइन ।’
अहिलेको सरकार सिद्धान्तमा नचलेको हँुदा धेरै नटिक्ने उनको दाबी छ । उनले अहिलेको सरकारको हातमा लोकतन्त्र सुरक्षित नरहेको भन्दै लोकतन्त्र जोगाउन लाग्नु पर्ने बताए । उनले भने, ‘यो घटनाले देशभर तरङ्ग फैलिएको छ । सबै आन्दोलित हुन थालेका छन् । यो त आन्दोलनको सुरुवातमात्र हो । अब सरकारविरुद्ध देशभर आन्दोलन हुनेछ । ’
साथै नेता पौडेलले संघीय सांसदलाई लक्षित गदै सांसद कोषको दुरुपयोग भएको जिकिर गरे । आफ्नो पार्टीमा प्रवेश गराउन सांसद कोषको दुरुपयोग गरेको उनको भनाइ छ ।
नेपाली काँगे्रसका केन्द्रिय सदस्य शंकर भण्डारीले यस घटनाले आगामी चुनावमा जनतालाई सही पार्टी छान्ने अवसर रहेको बताए । उनले भने,‘गत निर्वाचनमा हाम्रो हार भयो । समीक्षा गदै अबको चुनावका लागि तयारी गर्ने छौं । यो घटनाले जनतालाई सहित कि गलत भन्ने पार्टी छान्ने अवसर पाएको छ ।’
पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईले प्रतिस्पर्धा विकास र विचारमा गर्नुपर्ने भन्दै अब काँगे्रस एकजुट हुन आवश्यक रहेको बताए ।
अर्का केन्द्रीय सदस्य प्रदिप पौडेलले सुनिश्चित ढङ्गबाट भएको घटना भन्दै जिल्लामा काँगे्रस बलियो बनाउनु पर्ने बताए ।
गण्डकी दलका नेता कृष्णचन्द्र नेपालीले लोकतन्त्रमाथि खेलबाड गरे नराम्रो हुने चेतवानी दिँदै देशभरका काँगे्रस एकजुट हुनुपर्ने बताए ।
कार्यक्रममा काँगे्रसका आमन्त्रित केन्द्रीय सदस्य धुव्र वाग्ले, संविधानसभा सदस्य रामचन्द्र पोखे्ररेल, गण्डकी प्रदेशका सांसद एवम् नवलपुर जिल्ला काँगे्रसका सभापति विष्णुप्रसाद लामिछाने, जिल्ला समन्वय समित तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले मण्डले कार्यले काँगे्रसलाई एक जुटहुने अवसर दिएको बताएका थिए ।
व्यास नगरपालिका वडा १ र १०, ११ जोड्ने बुल्दीखोलामाथि निर्माण भएको पक्की पुल तत्कालीन जिल्ला विकास समिति एसएनआरटिपी परियोजनाअन्तर्गत २०७३ वैशाखबाट सुरु भएर २०७५ कात्तिकमा सम्पन्न भएको हो ।
दुई करोड ५४ लाख रुपैयाँमा निर्मित पुलको निर्माण २ वर्षअघि सकिए पनि उद्घाटन भने गरिएको थिएन । पुल बने पनि पक्की बाटो लगायत संरचना बाँकी हुँदा उद्घाटनमा ढिलाइ भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर अधिकारीले बताए । काँग्रेस बाहुल्यता रहेको निर्माण उपभोक्ता समितिले आफ्ना नेता गृह जिल्ला आएका बेला उनीबाटै पुल उद्घाटन गराउन चाहेको थियो । उता, नेकपा भने श्रेष्ठबाट पुलको उद्घाटन गराउन चाहन्थ्यो भने काँग्रेस पौडेलबाट । त्यसैले बुधबार दमौलीको स्थिति तनावग्रस्त रहेको थियो ।
बिहीबार पुल उद्घाटन गर्नुअघि नेपाली काँगे्रस जिल्ला समितिले पार्टी कार्यालयबाट उद्घाटनस्थलसम्म सयौँको संख्यामा र्याली निकाली जिल्ला प्रशासनको विरोध गरेका थिए । प्रहरी र प्रशासनले बुधबार गरेको व्यवहारको विरोधमा कार्यकर्ताले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जिल्ला छोड्न चेतावनी समेत दिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
hero news full width
मुख्य समाचार
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१