लेखनाथ । नेपाल उद्योग बाणिज्य महासंघको ५४ आंै वार्षिक साधारण सभा तथा अधिवेशनबाट गण्डकी प्रदेश केन्द्रिय सदस्यमा निर्वाचित बाबुराम गिरीलाई लेखनाथ उद्योग वाणिज्य संघले बधाई तथा सम्मान गरेको छ ।
नवनिर्वाचित केन्द्रीय सदस्य गिरीले गण्डकी प्रदेशभित्रका २०उद्योग वाणिज्य संघहरुका समस्याहरुलाई केन्द्रीय तहसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरे । उनले सबैजनाको एकता र सामूहिक भावनाले विजय प्राप्त गर्न सफल भएको बताएका थिए ।
यो जित संघको मात्र जित नभएर सम्पूर्ण व्यवसायीहरुको जित भएकोमा जोड दिँदै लेखनाथ उद्योग वाणिज्य संघको सम्पूर्ण टिमको एकताका कारण यो सम्भव भएको बताए । उनले यो एकताको अन्य उद्योग वाणिज्य संघले पनि अनुशरण गर्नुपर्ने बताए ।
संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले सामूहिक प्रयासले नै सफलता हात परेको बताउँदै आगामी दिनमा आफूलाई मत दिनेलाई मात्र नभई मत नदिनेहरुको समेत मन जितेर अगाडि बढ्नुपर्ने सुझाए । उनले प्रदेशका सम्पूर्ण नगर उद्योग वाणिज्य संघहरुसँग सहकार्य गर्दै व्यवसायीहरुको हकहितका लागि लाग्न सुझाव दिए ।
संघका पूर्व अध्यक्ष एवं वरिष्ठ सल्लाहकार सुमन भट्टराईले गिरीको जितले सम्पूर्ण व्यवसायीलाई उत्साहित बनाएको बताए । उनले व्यावसायिक हकहितका सवालमा अझ बढी संगठित हुँदै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष क्षत्रधर आत्रेयले स्वागत र महासचिव गोपिचन्द्र बास्तोलाले संचालन गरेका थिए ।
महासंघको गत शनिबार सम्पन्न निर्वाचनअन्तर्गत गिरिले आफ्ना प्रतिद्वन्द्वी निर्माण श्रेष्ठ (बासु) लाई ३ मतअन्तरले हराउँदै आगामी कार्यकालका लागि निर्वाचित भएका हुन् ।
Related News
सम्बन्धित समाचार
मैले गरेको प्रतिबद्धता पूरा गर्छु : सशांक कोइराला
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
‘क्वारेन्टिइन’ नहुँदा त्रिवेणी भन्सारबाट आयात निर्यात शून्य
संगम सहकारीको सम्मान
धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१