मास्क बाँड्दै युवायुवती

आदर्श समाज सम्वाददाता
मंसिर १७, २०७७
mask

पोखरा । कोरोना भाइरस संक्रमण जोखिममा रहेका वृद्धवृद्धालाई दमौलीका युवायुवतीले मास्क वितरण गरेका छन् ।

दमौलीमा सक्रिय टिम नेपोको सदस्यले कोरोबाट जोगिन मास्क बाँडेको हो । कार्यक्रमको समन्वय जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले गरेको थियोे ।

प्रतिनिधिसभा सदस्य कलिना खान पनि मास्क बाँड्न सारिक भइन् । उनले सामाजिक कार्यमा युवाहरु सक्रिय हुनुपर्ने बताइन् । उनले भनिन्, ‘महामारीको बेला एकअर्कालाई साथ दिन आवश्यक छ । क्लबले गरेको यो काम पनि प्रशंसनीय छ ।’

संस्थाले सर्वसाधारणलाई सचेतना फैलाउनुका साथै मास्क र सेनिटाइजर वितरण गरेको थियो । सो अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहूँका प्रमुख रेशम रानाभाटले लकडाउन खुलेसँगै सर्वसाधरणले लापबाही गर्न थालेको बताए ।

क्लब अध्यक्ष गोविन्द तिमल्सेनाले सर्वसाधरणलाई कोरोनासम्बन्धी सचेतना जगाउन कार्यक्रम गरेको बताए । मास्क र सेनिटाइजर वितरणमा जेएस व्यास इन्टरप्राइजेज दमौलीले सघाएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width