तेक्वान्दो ब्लाकबेल्ट ग्रेडिङ्ग

आदर्श समाज सम्वाददाता
मंसिर १४, २०७७
takewondo

पोखरा । नेपाल तेक्वान्दो संघको वार्षिक तालिका अनुसार सल्लाघारी तेक्वान्दो डोजाङ्गले शनिबार ब्ल्याकबेल्ट ग्रेडिङ्ग सम्पन्न गरेको छ ।

तेक्वान्दोका वरिष्ठ प्रशिक्षक टार्जन पादालुङको उपस्थितीमा भएको गे्रडिङ्ग डोजाङ्गका प्रशिक्षक बशन्त लामाले गे्रडिङ्ग प्रशिक्षण गराएका थिए ।

सो कार्यक्रममा स्टेप ब्ल्याक बेल्टमा ७ जना, ब्ल्याक बेल्ट पहिलो डानमा ६ जना, ब्ल्याक बेल्ट दोश्रो डानमा ६ जना, र ब्ल्याक बेल्ट तेश्रो डानमा ३ जना सहभागी भएको कुरा डोजाङ्ग प्रमुख एवं राखेप प्रशिक्षक चुलाइ मुखियाले बताए।

२०६० सालदेखि प्रशिक्षण सुरु गरेको यस डोजाङ्गले हालसम्म ३ सय जनाभन्दा बढी ब्ल्याक बेल्टका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको छ । हाल यस डोजाङ्गमा १ सय ५० भन्दा बढी खेलाडीहरुले नियमित प्रशिक्षण गर्दै आइरहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width