फङ्की युनाइटेडलाई फुटसल उपाधि

आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०७७
Futsal

पोखरा । सिर्जनाचोकको फङ्की युनाइटेड क्लबले ८० केजी तौल समूहको कास्की जिल्लास्तरीय खुल्ला फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

लेकसाइड युथ क्लबको आयोजनामा लेकसाइड फुटसल एरिनामा शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनलमा भ्याली स्पोर्ट्स रामबजारलाई ४–३ गोलले पराजित गर्दै फङ्की युनाइटेडले उपाधि जितेको हो ।

उपाधिसँगै फङ्कीले २० केजीको भेँडा र प्रमाणपत्र हात पारेको छ । उपविजेता भ्याली स्पोर्ट्स क्लब रामबजारले १७ केजीको भेँडा र प्रमाणपत्रमा चित्त बुझायो ।

प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटी केन्द्रीय उपाध्यक्ष विनोद गुरुङले विजेता तथा उपविजेता टोलीलाई पुरस्कार वितरण गरे । सेमिफाइनलमा फङ्की युनाइटेडले आयोजक लेकसाइड एफसीलाई ५–० ले र भ्याली स्पोर्ट्स क्लबले केइआइसीलाई ४–२ ले पराजित गर्दै फाइनल पुगेको थियो ।

उमेर समूहका आधारमा नेपालमै पहिलो पटक आयोजना गरिएको प्रतियागितामा १० टिमको सहभागिता थियो । ‘कोरोनासँग लडौं, स्वास्थ्य सुरक्षा अपनाऔं’ भन्ने मूल नारासहित कोरोना महामारीको बेला लामो समय शून्य बनेको खेलकुद क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन प्रतियोगिताको आयोजना गरिएको क्लबले जनाएको छ । क्लबका अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै प्रतियोगिताको आयोजना गरिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै