कोरोना सङ्क्रमितको हेलिकप्टर मार्फत उद्दार

रासस
कार्तिक २४, २०७७
Helicoptor

गलकोट, २४ कात्तिक । धौलागिरि अस्पताल बागलुङमा उपचाररत एक कोरोना सङ्क्रमितलाई हेलिकप्टरमार्फत थप उपचारका लागि आज बिहान काठमाण्डौं लगिएको छ ।

यही शुक्रबार कोरोना पोजेटिभ देखिएर धौलागिरी अस्पतालमा भर्ना हुनुभएको बागलुङ नगरपालिका–४ का ५४ वर्षीया महिलालाई श्वासप्रस्वासमा समस्या देखिएपछि थप उपचारका लागि काठमाण्डौँ लगिएको धौलागिरी अस्पतालका सूचना अधिकारी तर्थराज गौतमले जानकारी दिए । उनलाई अस्पतालमा अक्सिजन दिँइदै आएको थियो । सङ्क्रमितलाई काठमाण्डौँ हयाम्स अस्प्तालमा लगिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width