जापानमा ६.२ म्याग्नीच्युडको भूकम्प

रासस
कार्तिक २२, २०७७
Earthquake-e1543025740357

टोकियो, २२ कात्तिक । जापानमा शनिबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ । राजधानी टोकियोदेखि झण्डै ६०० माइल दक्षिपूर्वी क्षेत्रमा पर्ने चिचिजिमालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

जापानको भूगर्भ विभागले दिएको जानकारी अनुसार झण्डै दश किलोमिटर गहिराइबाट कम्पन भएको थियो । विभागका अधिकारीहरुले भूकम्पपछि कुनै आँधीको खतरा नरहेको जानकारी दिएका छन् । सरकारी अधिकारीहरुको भूकम्पका कारण अहिलेसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भइनसकेको पनि स्पष्ट पारेका छन् ।

जापान धेरै भूकम्प आउने देशमा पर्दछ । बर्षेनी दर्जनौ पटक भूकम्प आउने गर्दछ भने कतिपय शक्तिशाली भूकम्पले मानवीय तथा भौतिक क्षति समेत गराउने गरेको छ । सन् २०११ मा आएको ९ म्याग्नीच्युडको विनाशकारी भूकम्प र त्यसपछिको आँधीका कारण जापानमा कम्तीमा १५ हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो भने धेरै भौतिक संरचनामा क्षति भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • वैदेशिक रोजगार शाखा संरक्षण संघको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकी प्रदेशद्वारा आयोजित रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ । नेपाल…
  • पर्वत र बागलुङका सिडिओ फेरिए

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । गण्डकी प्रदेशको २ जिल्लाका सिडिओ फेरिएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेको मन्त्रिस्तरीय निर्णय अनुसार पर्वतमा नेत्रप्रसाद…
  • अन्नपूर्ण ४ को वडा कार्यालय घेराबार

    आदर्श समाज सम्वाददाता जेठ ३, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका वडा नं. ४ कार्यालय, गेट तथा कम्पाउण्ड वाल निर्माण गरी घेरावार गरिएको छ । गाउँपालिकाको ९…
  • युवा संघद्वारा खाद्य सहयोग

    आदर्श समाज सम्वाददाता जेठ ३, २०८१
    पोखरा  । स्थापना दिवसको अवसर पारी राष्ट्रिय युवा संघ नेपाल अन्नपूर्ण गाउँपालिकाले हेमजास्थित मानव सेवा आश्रममा खाद्य सामग्री सहयोग गरेको…
  • सार्दीखोला–पोखरा समितिमा बमबहादुर

    आदर्श समाज सम्वाददाता जेठ ३, २०८१
    पोखरा । सार्दीखोला पोखरा सम्पर्क समितिको चौथो अधिवेशन तथा १३ औं वार्षिक साधारण सभा पोखरामा भएको छ । अधिवेशनले बमबहादुर…

hero news full width