गण्डकीमा कुल संक्रमित ८५४३

आदर्श समाज सम्वाददाता
कार्तिक २०, २०७७
Capture

पोखरा, २० कात्तिक । गण्डकी प्रदेशमा बिहीबार थप २ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् ।

यो सहित प्रदेशमा कुल संक्रमित संख्या ८ हजार ५ सय ४३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्तिमार्फत जनाएको छ ।

गएको २४ घण्टामा गण्डकीमा १ सय ४५ जना निको भए । यो सहित कुल निकोको संख्या ४ हजार ८ सय २ पुगेको छ । गएको २४ घण्टामा ९ सय ३ पीसीआर परीक्षण भएको हो । हाल सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ४५ छ ।

गएको २४ घण्टामा गण्डकीमा थप १ जनाको मृत्यु सहित हालसम्म मृत्यु हुनेको कुल संख्या ९६ पुगेको स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै