पोखराका वरिष्ठ उद्योगपति सूर्यबहादुर केसीको निधन

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०७७
surya

पोखरा, १८ कात्तिक । पोखराका वरिष्ठ उद्योगपति एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको गएराति ६३ वर्षको उमेरमा निधन भएको छ ।
नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका केसीको आफ्नै निवास पोखरा ७, एयरपोर्टमा राति साढे १० बजे निधन भएको हो ।

प्रतिनिधिसभा सदस्य चुनावताका राप्रपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका उनी समानुपातिक कोटाबाट सांसद बनेका हुन् । उनी पहिलो संविधानसभा सदस्य चुनावमा राप्रपाबाट सांसद बनेका थिए । उनी सानै उमेरमा पोखराको नगरपञ्चायतको प्रधानपञ्च समेत भएका थिए ।

पोखराका सफल उद्योगीका रुपमा परिचित केसीको बैंक, हाइड्रो, शिक्षा, व्यापार लगायतमा पनि लगानी रहेको छ ।

उनमा मधुमेह, उच्च रक्तचाप समस्या थियो । स्व. केसीको श्रीमती, ३ छोरा प्रकाश, किरण र रोशन केसी, छोराबुहारी, ६ जना नातिनातिना छन् । स्व. केसीको आजै पोखरा रामघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width