काठमाडौँ, १० कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन शीतल निवासमा विजयादशमीको टीका ग्रहण गरे। सो क्रममा राष्ट्रपति भण्डारीले उनलाई टीका र जमराको माला लगाइ दिइन्।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उक्त अवसरमा राष्ट्रपति भण्डारीबाट प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले पनि टीका र जमराको माला ग्रहण गरिन्।
प्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओली गृहजिल्ला झापामा रहनुभएकाले प्रधानमन्त्रीले आज आफ्नो सरकारी निवास बालुवाटारमा प्रथम महिला शाक्यलाई मात्र दशैंको टीका लगाइदिए।
कोरोना जोखिमका कारण राष्ट्रपति र प्रधानमन्त्रीबाट विगतमा झैँ यस वर्ष सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगन गरिएको छ ।
Related News
सम्बन्धित समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
hero news full width
मुख्य समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१