कञ्चनपुर, ९ कात्तिक । बेलडाँडी गाउँपालिका नजिक नेपाल–भारत सीमा क्षेत्रबाट चार जनालाई सशस्त्र प्रहरीले हिजो साँझ लागु औषध र सुनसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर मातहतको बोर्डर आउट पोष्ट भुडा र बोर्डर आउट पोष्ट झिलमिलाको सीमा नाका गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार पक्राउ पर्नेमा कैलाली उपमहानगरपालिका–२ का १६ वर्षीय हिमाल शाह, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का २८ वर्षीय मनिष सुनारलाई पक्राउ गरिएको हो । पक्राउ परेका मध्ये शाहबाट सशस्त्र प्रहरीले लागु औषध ब्राउन सुगर तीन दशमलव पाँच ग्राम र अर्का पक्राउ परेका सुनारबाट एक दशमलव पाँच आना अवैध सुन बरामद गरेको छ ।
यसैगरी भीमदत्त नगरपालिका–३ भाँसी बस्ने ३५ वर्षीय जनकराज जोशी र सोही नगरपालिका वडा नं १५ बस्ने ३६ वर्षीय नगेन्द्र चन्दलाई मोटरसाइकलको सिटभित्र लागु औषध लुकाइछिपाई राखेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ गरेकाहरुबाट लागु औषध कोरेक्स ६०० मिलिटरका छ बोतल, नाइट्रोभ्याट २४ चक्की, प्रोभोलिन स्पास १५ वटा बरामद गरेको छ । बरामद लागु औषध, सुन, मोटरसाइकल र पक्राउ परेका चारै जनालाई आवश्यक कानूनी कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको छ ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
नुहाउन हिंडेकी युवती हत्या अभियोगमा पक्राउ
सरकारी कागजात चोरी गर्ने २ जना पक्राउ
हाजिरी जमानीमा थुनामुक्त भए माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१