तनहुँ । रोटरी क्लब अफ दमौलीले व्यासका ३ वटा समाुदायिक विद्यालयलाई इलेक्टोनिक सिकाई सहयोगी (ई–लर्निङ स्र्पोट) सामग्री सहयोग गरेको छ । रोटरी नेपालको साक्षरता अभियान अन्तर्गत व्यास नगरपालिका–११ को बाराही मावि, वडा १२ को अमरज्योति मावि र व्यास–६ मा रहेको इन्दु माविलाई एक–एक थान स्मार्ट टिभी हस्तान्तरण गरेको हो । १ कक्षा देखी १२ सम्मको सबै कोर्स रेकर्ड गरिएको ४२ इन्चको टिभीबाट अनलाइन र अफलाइन दुबै तरिकाले पढाउन मिलछ ।
सिकाई सामग्री नगर प्रमुख बैकुण्ठ न्यौपानेले बाराही माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रबहादुर अधिकारी, प्रधानध्यापक हिराबहादुर अधिकारी, अमरज्योतिका शिक्षक अभिभावक संघका अध्यक्ष निल प्रसाद डौलीया साथै विद्यालयका प्रधानध्यापक रामजी तिमल्सेना र इन्दु माविका व्यवस्थापन समिति अध्यक्ष चन्द्रकान्त भण्डारी र प्रधानध्यापक रामकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा न्यौपानेले विद्यालयको स्तरीकरणको लागि नयाँ प्रविधिले सहयोग पुग्ने बताए । शिक्षा, स्वास्थ्यका क्षेत्रमा लामो समयदेखि नै रोटरीले सहयोग गर्दै आएको भन्दै न्यौपानेले ई–लर्निङ सपोर्ट सामग्रीले नगरको शैक्षिक स्तर उकास्न सहयोग पुग्ने बताए । सोही अवसरमा बाराही माविका ब्यवस्थापन समिति अध्यक्ष बिरेन्द्र अधिकारीले प्रविधियुक्त शैक्षिक सामग्रीले सिकाई प्रक्रिया प्रभावकारी बनाउन सहयोग पुग्ने बताए । रोटरी क्लब दमौलीका निवर्तमान अध्यक्ष सुर्जाकुमार मल्लले रोटरी साक्षरता अभियान अन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको बताए ।
उनले विद्यालयको पहुँचमा नपुगेका बालबालिकालाई शिक्षाको मुल धारमा ल्याउन विभिन्न कार्यक्रम गरिरहेको जानकारी दिए । सोही ३ वटा विद्यालयमा ई–लर्निङ सिकाई प्याकेजमै तीन वर्षका लागी मिडास सफ्टवेयर र इ–लाइव्रेरी हस्तान्तरणको तयारी पनि भइरहेको रोटरी दमौलीका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए । २०३० सालसम्म सत प्रतिशत साक्षरता पु¥याउने नेपाल सरकारको योजनालाई सघाउन रोटरी नेपालले हरेक रिजनमा प्रौढ शिक्षा, ह्यापी स्कुल कार्यक्रम, विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री, विद्यालय पोशाक वितरण लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
मानव सेवा अश्रममा खाना खुवाइयो
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
माटो सुहाउँदो खेती गरे विदेशिनु पर्दैन : प्रमुख घर्ती
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१