महोत्तरी, २७ असोज । महोत्तरीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका सञ्चारकर्मीको संख्या आठ पुगेको छ । आज एकैदिन थप चार जना सञ्चारकर्मीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि यो संख्या आठ पुगेको हो । यसअघि नै चारजनामा सङ्क्रमण पुष्टि भएको थियो ।
आज सङ्क्रमण पुष्टि भएका चारैजना बर्दिवासस्थित रेडियो सुनगाभामा कार्यरत सञ्चारकर्मी हुन् । निकेश खनाल, सरस्वती भुजेल, मनोज थापामगर र आशा तोलङ्गेले आपूmमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको बताए । चार दिनअघिदेखि सामान्य टाउको दुख्ने र ज्वरो आउने लक्षण भएपछि स्वाब परीक्षण गराउँदा चारैजनामा सङ्क्रमण पुष्टि भएको रेडियो सुनगाभाका प्रबन्धक निकेश खनालले जानकारी दिए । सम्बन्धित चारैजना आफैँले यसको पुष्टि गरेका छन् ।
यसअघि राससकर्मी गोपालप्रसाद बराल र कान्तिपुरकर्मी सुनिता बराल पिसिआर परीक्षणबाट कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि अहिले ‘होमआइसोलेसन’मा छन् । गोपालको गत बिहीबार र सुनिताको गत शनिबार सङ्क्रमण पुष्टि भएको हो । यसैगरी अन्नपूर्णकर्मी राजकरण महतो र न्यूज–२४ का ललनकुमार मण्डलमा कोभिड–१९ पुष्टि भएको थियो । यद्यपि महतो र मण्डल दुवै सङ्क्रमणमुक्त भइसकेका छन् । महतोमा असोज–१० गते र मण्डलमा गत भदौमै स्वाब परीक्षणबाट सङ्क्रमण पुष्टि भएको थियो । जिल्लाका यी सबै सञ्चारकर्मीले बर्दिवास अस्पतालमा स्वाब परीक्षणका लागि दिएका हुन् ।
महोत्तरीमा पछिल्लोपटक एकजना नगरप्रमुखमा पनि कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहमा सोमबार अबेर राति कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो । नगरप्रमुख साह आफैँले सोमबार अबेर राति आफ्नो पिसिआर जाँचको नतिजा पोजेटिभ आएको सार्वजनिक गरेका हुन् । महोत्तरीमा हालसम्म एक हजार ६०३ मा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यहाँ १५ जनाको कोभिड–१९ सङ्क्रमणले ज्यान गएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१