हेमजा, २५ असोज । पोखरा ४ स्थित नेलम्बो नेपालले शनिबार जिल्ला प्रहरी कार्यालय कास्कीमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । त्यस अवसरमा कुल एक सय ३० जना प्रहरी सुरक्षाकर्मीको चेक जाँच गरी औषधी समेत वितरण गरियो।
शिविरमा गण्डकी मेडिकल कलेजमा कार्यरत डा.रोशनी वास्ताकोटी, डा.सौदा थापामगर त्यस्तै नर्सहरु रुपा पुन, अञ्जली गुरुङ लगायत नेलम्बो नेपालको टिम चेकजाँचका लागि खटिएको थियो ।
कार्यक्रममा धारणा राख्दै कास्की प्रहरी प्रमुख, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले नेलम्बो नेपालले विषम् परिस्थितिमा पनि कुनै त्रास नमानी, स्वास्थ्य सावधानी अपनाएर शिविर संचालन गरेकोमा खुसी व्यक्त गरे । साथै, नेलम्बोले यस कोभिड–१९ रोगको महामारीको समयमा पटक–पटक गरेको सहयोगप्रति जिल्ला प्रहरी कार्यालय ऋणी रहेको पनि उनले बताए । आगामी दिनमा पनि नेलम्बोसँग सामाजिक कार्यहरु गर्दा सहकार्य गर्ने उनले प्रतिबद्घता जनाए ।
संस्थाका अध्यक्ष एकदेव देवकोटाले जहाँ विपति त्यहाँ नेलम्बो पुग्ने गरेको भन्दै हरेक प्रकारका महामारी तथा चुनौतीमा सुरक्षा व्यवस्थापन गर्न अग्रपंतिमा खटिने सुरक्षाकर्मीको मनोवल उच्च राख्न शिविर सञ्चालन गरिएको स्पष्ट पारे ।
प्रहरी प्रमुख श्रेष्ठको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा प्रहरी निरीक्षक कृष्णा बस्यालले स्वागत तथा नेलम्बो नेपालका जनसम्पर्क सुपरभाईजर भीमप्रसाद भण्डारीले कार्यक्रम संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
को होला मिस तामाङ ?
मेला हेरे मोबाइल !
ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
hero news full width
मुख्य समाचार
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१