रामपुर, २४ असोज । पाल्पाको निस्दी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीमा सङ्क्रमण पुष्टि भएलगत्तै यही असोज २३ गते राति १२ बजेदेखि अगामी कात्तिक १ गते राति १२ बजेसम्मका लागि गाउँपालिका सिल पनि गरिएको हो ।
गाउँपालिकाले ५० जनाको स्वाब सङ्कलन गरी पाल्पा अस्पतालमा सञ्चालन गरिएको कोभिड–१९ प्रयोगशालामा पठाइएको थियो । तीमध्ये १० जनाको रिपोर्ट पोजेटिभ आएको हो । कोरोना सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ ।
यसैगरी रामपुरमा कोरोना सङ्क्रमण देखिएपछि एक हप्तासम्मका लागि नगरपालिका सिल गरिने भएको छ । रामपुर अस्पतालमा कार्यरत २८ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि आज राति १२ बजेदेखि यही असोज ३० गते राति १२ बजेसम्मका लागि नगरपालिकामा आवतजावत, व्यापार, व्यवसाय, उद्योग कलकारखाना, सवारी साधन सञ्चालनमा रोक लगाइने नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिए ।
यसैगरी स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि रामपुर अस्पतालले आकस्मिकबाहेकका अन्य सेवा बन्द गरेको छ । शुक्रबार अस्पतालमा कार्यरत २८ जना स्वास्थ्यकर्मीको कोरोना रिपोर्ट पोजेटिभ आएपछि अर्को सूचना जारी नगर्दासम्मका लागि अतिआवश्यकबाहेकका बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विजय परियारले बताए ।
Related News
सम्बन्धित समाचार
सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
१३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम
hero news full width
मुख्य समाचार
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१