लेखनाथ । पोखरा १९, पुरञ्चौर निवारी अधिकारी परिवारमा मातृशोक परेको छ । शिक्षा मन्त्रालयका शिक्षा सहसचिव विष्णुप्रसाद अधिकारी, भारती भवन मावि पुरञ्चौरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नेत्रनाथ अधिकारी तथा समाजसेवी पिताम्बर अधिकारी र बाबुराम अधिकारीकी ममतामयी माता विष्णुमाया अधिकारीको शुक्रबार ८४ वर्षको उमेरमा निधन भएको हो ।
विसं १९९३ माघ २३ मा बुबा छविलाल पौडेल (खोरेलीथर) र माता चन्द्रकला पौडेलको कोखबाट दोश्रो सन्तानको रुपमा जन्मिएकी अधिकारीमा केही महिनादेखि मुटुको समस्या थियो । उनका पति केशवराज अधिकारीको यसअघि नै निधन भएको थियो ।
स्व. अधिकारुीको शुक्रबार नै सेतीनदी किनारको र्यालतरोघाटमा हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको परिवारजनले जनाएको छ ।
शवमा छोराहरु नेत्रनाथ, विष्णुप्रसाद, पिताम्बर र बाबुराम अधिकारीले संयुक्त दागवत्ती दिएका थिए ।
स्व. अधिकारीकी ४ छोरासहित २ छोरी, १० नाति, ७ नातिनी, १० पनाति र ६ पनातिनी छन् ।
Related News
सम्बन्धित समाचार
मेला हेरे मोबाइल !
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
मुल्मीको एकल चित्रकला प्रदर्शनी
कालिका माविको ४२ औं वार्षिकोत्सव
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१