लहान, १७ असोज : विज्ञान, प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायमै रहेकाले विद्यालयमा विद्यार्थी उपस्थित गराएर पढाउने अवस्था अझै नरहेको बताएका छन् ।
सिरहाको गोलबजारमा आज जयगोविन्द साह पोलिटेक्निकल इन्स्टिच्यूटको उद्घाटन गर्दै उनले सिरहाका कतिपय स्थानीय तहका विद्यालयहरुमा पठनपाठन भइरहेको सूचना आफूले पाएको हुँदा त्यसलाई तत्काल रोक्नुपर्ने बतााए।
“कोभिड–१९ को जोखिम अझै उच्च रहेकाले विद्यार्थीलाई विद्यालयमा उपस्थित गराएर होइन्, वैकल्पिक शिक्षण सिकाइ पद्धति अपनाएर शिक्षा दिनुपर्दछ”, उनले भने, “आज २० प्रतिशत विद्यार्थीको प्राविधिक तथा वैज्ञानिक शिक्षामा पहुँच छ, ७० प्रतिशत विद्यार्थीलाई प्राविधिक शिक्षामा पहुँच पु¥याउने सरकारको लक्ष्य छ , सोही अनुरुप अहिले गाउँ गाउँका सामुदायिक विद्यालयमा प्राविधिक धारका विद्यालय सञ्चालन गर्न अनुमति दिएको छ ।”
मन्त्री पोखरेलले धेरैभन्दा धेरै विद्यार्थीले सीपमूलक शिक्षा पाउन भन्ने सोचका साथ आजसम्म देशका ६४५ पालिकामा प्राविधिक धारको शिक्षा पुर्याएको उल्लेख गर्दै प्राविधिक शिक्षाको स्तरोन्नतीका लागि प्रयोगशाला र दक्ष शिक्षकको आवश्यकता रहेको बताए। प्रदेशसभा सदस्य जगत यादवले शिक्षामा सहज पहुँचको लागि निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिए।
चालु शैक्षिक सत्रबाट किसान नेता जय गोविन्द साहको स्मृतिमा सञ्चालन भएको इन्स्टिच्यूटमा तीन वर्षे डिप्लोमा इन सिभिल इञ्जिनीयर, तीन वर्षे बाली विज्ञान र डिप्लोमा इन जियोमेटिक्स इञ्जिनयीरको पढाइ शुरु गरिने जनाएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
hero news full width
मुख्य समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१