कंचनपुर, १५ असाेज । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेलौरी नगरपालिका–४ बेलौरी बजारका दुई बैंकका शाखा आजदेखि एक साताका लागि बन्द भएका छन् ।
यहाँका बैंक अफ काठमाडौँ र राष्ट्रिय बाणिज्य बैंक श्रीपुर शाखा बन्द भएका हुन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैंक अफ काठमाडौँमा कार्यरत कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि सो बैंकसँगै रहेको राष्ट्रिय बाणिज्य बैंक बन्द गरिएको हो ।
कोरोना सङ्क्रमण पुष्टि भएका कर्मचारीको सम्पर्कमा रहेका अन्य कर्मचारीको पिसिआर जाँच गरी नतिजा नआउँदासम्म बैंकका शाखाको कामकाज बन्द गरिएको नगरपालिकाको वडा नं ४ का वडा अध्यक्ष अर्जुन ढकालले जानकारी दिए। बैंक अफ काठमाडौँका कर्मचारी काठमाडौँबाट फर्केपछि उनीमा ज्वरो देखियो वडा अध्यक्ष ढकालले भने, “पिसिआर चेकजाँच गर्दा नतिजा पोजेटिभ आएपछि अन्य कर्मचारीको पिसिआर चेकजाँच गरी नतिजा नआउँदासम्म शाखा बन्द गर्न आग्रह गरेपछि बन्द गरिएका छन् ।”
उनका अनुसार कोरोनाको सङ्क्रमण पुष्टि भएका कर्मचारीको अवस्था सामान्य छ । कोरोनाको सङ्क्रमण देखिएका कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारी क्वारेन्टिानमा छन् । राष्ट्रिय बाणिज्य बैंक श्रीपुर शाखाका प्रवन्धक महेशराज भट्टले सूचना जारी गर्दै बैंकमा कार्यरत कर्मचारीको पिसिआर चेकजाँच गरी नतिजा नेगेटिभ नआउँदासम्मका लागि लागि बैंकको शाखा बन्द हुने बताए । सेवाग्राहीका लागि एटिएम सेवा भने खुला रहने उल्लेख गरिएको छ
Related News
सम्बन्धित समाचार
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
१३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
‘सिमेन्टमा मूल्यवृद्धि फिर्ता गर’
hero news full width
मुख्य समाचार
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१