बागलुङ पहिरो अपडेटः पुरिएका दुईको शव फेला

साधन राम्जाली
भाद्र २८, २०७७
Baglung Pihiro2

म्याग्दी , २८ भदौ । बागलुङमा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–५, विनामारे स्थित घर माथिबाट खसेको पहिरोले पुरिएर हराईरहेकी अन्दाजी ७५ बर्षिया जल्पादेवी पौडेलको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, बागलुका सुचना अधिकारी तथा प्रहरी निरिक्षक हेम केसीले जानकारी दिए ।

उनका अनुसार अविरल वर्षाका कारण विहान करिब साढे सात बजे घर माथिबाट बासको झ्याङ सहितको पहिरो खसेको थियो । घरमा भएका अन्य ६ जना भने सामान्य घाइते भएका छन् ।

यस्तै, जैमिनी नगरपालिका–१ स्थित कुश्मीशेरामा विहान सवा सात बजे पहिरोले घर पुरिएर बर्ष अन्दाजी ६५ बर्षिया लक्ष्मीदेवी उपाध्यायको मृत्यु भएको थियो । घर माथिको ग्याविन जाली सहितको पर्खाल भत्किदा घर पुरिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post