स्यानिटाइजरमा विषाक्त रसायन, प्रयोग नगर्न आग्रह

रासस
भाद्र २८, २०७७
Sanitizer

काठमाडौं । काठमाडौँ र भक्तपुरका पाँच कम्पनीले उत्पादन गरेको स्यानिटाइजरमा मापदण्डविपरीत विषाक्त रसायन (मिथानोल) पाइएको छ । यस किसिमको स्यानिटाइजरको प्रयोगले मानव स्वास्थ्यमा असर गर्न सक्ने भन्दै औषधि व्यवस्था विभागले प्रयोग नगर्न सर्वसाधारणसँग अपिल गरेको छ ।

काठमाडौँको हाइजनिक सोप एन्ड केमिकल प्रालिद्वारा उत्पादित इन्स्ट्यान्ड ह्यान्ड स्यानिटाइजर ओरिजिनल, आधार केमिकल एन्ड फुड इन्डष्ट्री प्रालिको एड्भान्स ह्यान्ड स्यानिटाइजर, सर्च केमकम हर्बल प्रोडक्टको इन्स्ट्यान्ड ह्यान्ड स्यानिटाइजर रिफ्रेसमेन्ट जेल र सूर्यमुखी हर्बल प्रोडक्ट कम्पनीद्वारा उत्पादित सूर्यमुखी ह्यान्ड स्यानिटाइजरमा मापदण्ड विपरीत विषाक्त रसायन भेटिएको हो ।

यस्तै भक्तपुरको नेपाल कायाकल्प उद्योगद्वारा उत्पादित इन्स्ट्यान्ड ह्यान्ड स्यानिटाइजरमा समेत विषाक्त रसायन (मिथानोल) भेटिएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए । बजारमा पाइएका १० वटा स्यानिटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा चार वटामा उक्त विषाक्त रसायन फेला परेको र एउटा भने यसअघि नै मापदण्ड विपरीत भएको प्रमाणित भएको उनले जानकारी दिए ।

विभागमा हालसम्म दर्ता भएका ४० सहित दर्ता हुन बाँकी रहेका सबै स्यानिटाइजरका बारेमा अध्ययन अनुसन्धान भइरहेको केसीले बताए । विभागले सम्बन्धित कम्पनीलाई त्यस्ता उत्पादन तुरुन्त रोक्न निर्देशन दिइसकेको छ ।

विषाक्त रसायन फेला परेको स्यानिटाइजर नष्ट र जफत गर्न प्रक्रिया शुरु भइसकेको र स्थानीय प्रशासनसँगको समन्वयमा आवश्यक कारबाही अघि बढ्ने केसीले बताए । विभागले स्यानिटाइजरका बारेमा मापदण्ड बनाएर लागूसमेत गरिसकेको छ । त्यस्ता कम्पनीलाई दर्ता हुन भनिए पनि बन्दाबन्दीका कारण मिति सारिएको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…
  • जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै

    धनबहादुर गुरुङ वैशाख १५, २०८१
    पोखरा । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा, हेर्दा राम्रो मार्फा स्याउ, खाँदा मिठो मार्फा स्याउ…’ वसन्ती लालचनको शब्द अनि ज्योति…
  • त्रासैत्रासमा तंग्रिदै कागबेनी

    धनबहादुर गुरुङ वैशाख १४, २०८१
    पोखरा । हिउँ पर्ने सिजनमा हिउँ परेन, पानी नपर्ने बेला मुस्ताङमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय,…

hero news full width