पोखरा । कास्की जिल्लामा सार्वजनिक यातायात संचालन गर्न पाइने भएको छ ।
कास्की जिल्लामा गठित संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबारको बैठकले भदौ २७ गते मध्यरातदेखि असोज ७ गतेसम्म जिल्लामा सार्वजनिक यातायात संचालनमा छुट दिने निर्णय गरेको हो ।
सीसीएमसीले सो निर्णय गरेपनि जिल्ला प्रशासन कार्यालयले शुक्रबार रातिसम्म आधिकारिक सूचना जारी गरिसकेको छैन ।
यद्यपि, बैठकले सार्वजनिक यातायातहरु स्वास्थ्य तथा सुरक्षाका मापदण्डअनुरुप भौतिक दूरी कायम गरी कुल सिट क्षमताको आधा अर्थात् एक लहरमा एक जना बस्ने गरी संचालन गर्न सकिने, चालक, सहचालक र यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, गाडीको प्रवेशद्वारमै सेनिटाइजर उपलब्ध गराउनुपर्ने, दैनिक गाडी निःसंक्रमित गर्नुपर्ने निर्णय गर्दै यातायात संचालन खुला गर्ने निर्णय गरेको हो ।
यसरी सार्वजनिक यातायात तथा निजी सवारीसाधन (दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे) बिहान ६ देखि साँझ ८ बजेसम्म जिल्लाभित्रमात्र चलाउन पाइनेछ ।
यसैगरी, प्रशासनले होटल तथा रेष्टुरेन्टमा टेक–अवे सुविधाका अलावा जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्ने गरी साँझ ६ बजेसम्म (सामूहिक भोज, पार्टी, सेमिनार, अन्य सामूहिक भेला हुने बाहेक) साँझ ८ बजेसम्म संचालनमा छुट गरेको छ ।
यसैबीच, पोखरामा प्रधानकार्यालय रहेको पृथ्वी राजमार्ग बस संचालक कम्पनीले असोज १ देखि देशभर छोटो तथा लामो दूरीका सार्वजनिक यातायातका साधन चलाउने निर्णयअनुरुप आवश्यक तयारी सुरु गरेको छ ।
सो सम्बन्धमा बस व्यवसायीहरुलाई गाडीहरु आवश्यक मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न भनिएको छ भने विभिन्न कम्पनीहरुलाई शुक्रबार परिपत्र गर्दै नियमित क्यूका बसहरुलाई आवश्यक बुकिङ व्यवस्थापन मिलाई फिर्ता पठाउन कम्पनीले भनेको छ ।
Related News
सम्बन्धित समाचार
डुंगा पल्टिएपछि तत्कालै उद्धार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
hero news full width
मुख्य समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१