पहिरोमा बाइक र स्कूटर पुरिए

आदर्श समाज सम्वाददाता
भाद्र २४, २०७७

पोखरा । अविरल वर्षापछि आएको पहिरोले पोखरामा ३ सवारीसाधन पुरेको छ ।

गएराति पोखरा–३१, कँडेलस्वाँरामा गएराति गएको पहिरोले २ मोटरसाइकल र १ स्कूटर पुरेको प्रहरीले जनाएको छ ।

स्थानीय २९ वर्षीय सुनिल बिकको ग ६ प ६२९१ नम्बरको पल्सर मोटरसाइकल, वर्ष २८ का निर्मल सुरनाको ग ५ प ९९१२ नम्बरको डीओ स्कूटर र वर्ष २८ का समन सुनारको ग ७ प ७३२९ नम्बरको एभेञ्जर मोटरसाइकल पहिरोमा पुरिएको हो । घटनामा मानवीय क्षति भने टरेको कास्की प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width