उवा संघको साधारणसभा फरक मोडलमा

आदर्श समाज सम्वाददाता
भाद्र २१, २०७७
Lekhnath chamber of commerce

लेखनाथ ।  कोरोना भाइरस कारण विभिन्न संघसंस्थाले गर्नु पर्ने साधारण सभा तथा अधिवेशन रोकिराखेको अवस्थामा लेखनाथ उद्योग बाणिज्य संघले नयाँ मोडलको कार्यविधि सहितको साधारण सभा गर्न सकिने योजना बनाएको छ ।

साधारण सभा गर्नु पनि पर्ने, भीडभाड गराउन पनि नमिल्ने विषम परिस्थितिमा फरक शैलीबाट संघसंस्थाका गतिविधि अगाडि बढाउनु पर्ने आवश्यकता मध्यनजर राख्दै नयाँ मोडलको साधारण सभा गर्न सकिने प्रस्ताव अगाडि सारिएको हो ।

संघको गत वर्ष सम्पन्न १२ औं अधिवेशनवाट निर्वाचित टिमले कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा शनिवार बसेको कार्यसमिति बैठकमा एक वर्षे कार्यकालको आत्मसमीक्षा सहित आगामी दिनका कार्ययोजना तथा भावी कार्यक्रम तयार गरेको हो ।

२०५४ सालमा स्थापना भएको संघमा आवद्ध १ हजार ३ सय ६५ ब्यवसायी सदस्यहरुको हितमा सामूहिक नेतृत्व प्रणालीद्वारा काम गर्दै ब्यक्तिप्रधान नभई नीतिप्रधान हुने भावनाले नयाँ मोडलको वार्षिक साधारण सभाको कार्ययोजना बैठकबाट अगाडि सारेको संघका अध्यक्ष बलराम ढकालले जानकारी दिए ।

कार्ययोजनाअन्तर्गत वार्षिक प्रतिवेदन तयार गरी असोज ५ भित्र सम्पूर्ण ब्यवसायीको हातमा पुर्‍याइसक्ने र सोही प्रतिवेदनका आधारमा ब्यवसायीहरुबाट असोज १५ सम्म वैज्ञानिक विधिबाट सुझाव संकलन गर्ने र सोही सुझावका आधारमा असोज २५ सम्ममा सुझावमा सहभागी सदस्य विभिन्न विधिबाट अन्तक्र्रिया छलफलबाट आएका राय सुझाव समावेश गरी २४ औं साधारण सभा पारित भएको मानिनेछ भन्नेखालको योजना बनाइएको हो ।

संघले साधारण सभा र लकडाउनका कारण सृजित समस्याको सही निकासका बारेमा सल्लाहकार, विभिन्न उपसमिति, पदाधिकारी र कार्यसमितिको बैठक बसी समस्याको खोजी गरेको संघका महासचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी धौलागिरी पेट्रोलियममा मोहन

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति…
  • पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य

    आदर्श समाज सम्वाददाता माघ १८, २०८१
    पोखरा । भारतको राजस्थान राज्यको उदयपुर संभाग क्षेत्रका महिलाहरु परम्परागत रुपले टाउकोमा ८/९ वटा पानीको घडा (माटोको गाग्री) राखेर नाच्छन्…
  • पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति

    आदर्श समाज सम्वाददाता माघ १६, २०८१
    पोखरा । गण्डकी प्रदेश सरकारको गौरवको आयोजना हो–प्रदेश औद्योगिक क्षेत्र निर्माण । २०७४ सालमा सरकार गठन भएकै समयमा नवलपुरको लोकाहाखोला…
  • नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नदीपुरस्थित नेपाल भारतमैत्री पुस्तकालय सहजरुपमा सञ्चालन गर्न नेपाल भारत मैत्री…
  • मेला हेरे मोबाइल !

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ…

hero news full width