पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारी र फूलबारी क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ७८ युनिट रगत संकलन भएको छ ।
पोखरा–११, शिवशक्ति मावि र महेन्द्रपुल गरी दुई स्थानमा सो कार्यक्रम भएको हो ।
प्रमुख अतिथि लायन्सअन्तर्गत डिपार्टमेन्ट चिफ अफ ब्लड डोनेसन कार्यक्रमका केन्द्रिय अध्यक्ष बालकृष्ण शर्माले पहिलो रक्तदाता दीपकप्रकाश आचार्यलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका हुन् ।
उनले रगत अभाव खड्किएको अवस्थामा क्लबले गरेको प्रशंसनीय कार्यले मानवीय उद्धारमा अग्रणी भूमिका निर्वाह गरेको बताए ।
क्लब अध्यक्ष मोहनराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा–११का वडा अध्यक्ष मोहनप्रसाद बास्तोला, जोन चियरपर्सन शिवबहादुर खड्का, आल्मुनाई एशोसिएसन गण्डकीकी निर्देशक उर्मिला श्रेष्ठ, फूलबारी क्लबका अध्यक्ष हरिप्रसाद बास्तोला, स्वयमसेवी रक्तदाता समूहका संस्थापक तीर्थराज अवस्थी, आपतकालीन रक्तदाता समूहका व्यवस्थापक हरिशचन्द्र शर्मा, चार्टर प्रेसिडेन्ट बासुदेव कोइराला, निवर्तमान अध्यक्ष भरतराज सिग्देल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ नारासहित दैवी प्रकोप, शिक्षा, स्वास्थ्य र वातावरणमा क्लबले विशेष सहयोग गर्दै आएको छ ।
कार्यक्रममा स्वागत एवं धन्यवाद संयोजक अर्जुन ज्ञवाली र सञ्चालन सचिव दामोदर आचार्यले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
जरोटुप्पोमा सम जयन्ती र सम्मान
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
कोटीहोम गोलचक्करमा पोखरा
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
पोखरा वडा २७ को आफ्नै भवन
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१