पोखरा । गण्डकी प्रदेश अर्थ तथा विकास समितिको भर्चुअल बैठक शुक्रबार सम्पन्न भएको छ ।
बैठकले आगामी बुधबार प्रदेशका ११ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुखहरुसँग प्रदेशभित्र क्रसर उद्योग सञ्चालनसम्बन्धी भर्चुअल बैठक गर्ने निर्णय गरेको छ ।
समितिका सभापति दीपक कोइरालाले प्रदेशभरि नै क्रसर उद्योगहरु मापदण्डविपरीत सञ्चालन भएको, दर्ता नवीकरण नभएको लगायत समस्या देखिएकोले क्रसर उद्योग सञ्चालन र ब्यवस्थापनबारे समितिले छलफल गर्ने निर्णय गरेको बताए ।
शुक्रबारको बैठकमा समितिका सदस्य इन्द्रलाल सापकोटा बागलुङ, भागवत्प्रकाश मल्ल स्याङ्जा, हरिशरण आचार्य गोरखा, जनकलाल श्रेष्ठ नवलपुर, डोवाटे विश्वकर्मा र सरिता गुरुङ तनहुँ उपस्थित थिए ।
समितिका सदस्यहरुले आ–आफ्नो जिल्लामा क्रसर उद्योग र त्यहाँको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।
यस्तै, बैठकले बागलुङको ढोरपाटनमा बाढीपहिरोमा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली प्रकट गदै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै बेपत्ताहरुको खोजी तीव्र पार्न आग्रह गरेको छ ।
बैठकले प्रदेशसभाअन्तर्गत विधायन समिति सभापति मोहन रेग्मी कोरोना संक्रमित भएको भन्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
Related News
सम्बन्धित समाचार
पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य
पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति
नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग
मेला हेरे मोबाइल !
ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१