पोखरामा २९ जनामा सङ्क्रमण पुष्टि   

रासस
भाद्र १८, २०७७
Corona_2

गण्डकी, १८ भदौ । पोखरा महानगरपालिकाका विभिन्न १० वटा वडामा आज थप २९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आज तेस्रो विज्ञप्तिमार्फत कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणका क्रममा पोखरा महानगरका २९ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

पोखरा महानगरका १, ५, ८, १०, १२, १३, १४, १६, २७ र ३० वडाका २१ देखि ५२ वर्ष उमेर समूहका महिला तथा पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । पोखरा १ की ४२ वर्षीया महिला, ५ का २८ वर्षीय पुरुष, ८ का ३५ र ५८ वर्षका दुई पुरुष, १० का ३८ र ४६ वर्षीया दुई महिला तथा २७ ,३० , ३७, ३८ र ४८ वर्षका पुरुष , १२ का २५ ,३६ ३७, ४४ ,४५ वर्षीया महिला तथा ३१, ३६ र ४७ वर्षका पुरुषमा कारोना देखिएको हो । त्यस्तै वडा नं १३ का २१ वर्षीय महिला तथा २२ र ४८ वर्षका पुरुष, १४ का ३५ वर्षीया महिला तथा ४६ वर्षीय पुरुष , १६ का ५२ वर्षका पुरुष, २७ का ३२ र ३७ वर्षीया महिला तथा ३५ वर्षीय पुरुष र ३० का ३५ वर्षीय पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ।

त्यसैगरी तनहुँ ब्यास १ र ४ का २९ वर्षीया दुई महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ३०८ पुगेको छ।

Related News

सम्बन्धित समाचार

  • बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । पोखरा भ्रमण वर्ष–२०२५ को औपचारिक उद्घाटनक्रममा बेलुन पड्किएर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज…
  • पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । २४ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले उपाधि जितेको…
  • सफल पोखरा म्याराथनमा दौडियो पोखरा

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५’ सुरु भएको छ । पोखरा रंगशालाबाट…
  • पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । पोखरा–२२, पुम्दीकोटमा यही ७ देखि १५ फागुनसम्म हुने श्रीमद्भागवत् एवं महाशिवरात्रि महिमा कार्यक्रममा यसअघि आयोजना भएका महायज्ञभन्दा बढी…
  • आहारारामा को होला च्याम्पियन ?

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सहारा क्लब पोखरा आयोजनामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि पोखरा रंगशालामा…

hero news full width