समुदायमा संक्रमण फैलिएपछि निषेधाज्ञा बढाइयो

आदर्श समाज सम्वाददाता
भाद्र १५, २०७७
Bhanu

दमौली । भानुमा समुदायस्तरमै कोरोना भाइरस संक्रमण बढ्दै गएपछि थप १० दिन निषेधाज्ञा गरिएकोे छ।

संक्रमितको सम्र्पकमा आएको समुदायस्तरमा संक्रमितको संख्या बढ्न थालेपछि भानु नगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञाको आदेश जारी गरेको हो।

गत साउन २७ देखि जारी नगरपालिकाले अत्यावश्यकबाहेकका आवतजावतमा रोक लगाएकोमा त्यसपछि प्रशासनले निषेधाज्ञा आदेश जारी गरेको थियो।

आइतबार मात्र भानु ६ र ७ मा एकै साथ २२ जनामा संक्रमण देखिएपछि पूर्व निर्धारित आइतबार सकिने निषेधाज्ञा अवधि लम्ब्याइएको हो।

संक्रमितको सम्पर्कमा आएकाहरुको भदौ १० मा १ सय ७५ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाएको थियो । जसमा २२ जना नयाँ संक्रमित थपिएका हुन् । यो सहित तनहुँ जिल्लामा कोरोना सङ्क्रमितको संख्या २ सय ७५ पुगेको छ । निको हुनेको संख्या १ सय ९९ रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालका अनुसार अब भदौ २४ सम्म निषेधाज्ञा हुनेछ । सो अवधि पूरा भए भानु लगातार एक महिना बन्द हुने तहमा पर्नेछ।

भानु नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले संक्रमणको जोखिम बढेकाले कन्ट्याक्ट ट्रेसिङका काममा नगरपालिका केन्द्रित हुने बताए।

‘हाम्रो ध्यान पूरै कन्ट्याक्ट ट्रेसिङ गर्दै अरुलाई थप क्षति हुन नदिनेमा केन्द्रित छ’, उनले भने।

नगरप्रमुख उदयराज गौलीले सावधानी अपनाउँदा अपनाउँदै पनि नगरका विभिन्न भागमा फैलने अवस्था आएकाले संक्रमणको दर कम गराउन निषेधाज्ञा गरेर अझ संक्रमण रोक्न लागेको बताए।

Related News

सम्बन्धित समाचार

  • डिपेन्डेन्ट भिसामा युके लैजान्छु भनी ठगी आरोपमा पक्राउ

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । डिपेन्डेन्ट भिसामा विदेश लैजान्छु भनी ठगी गरेको आरोपमा २ जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको…
  • सफल पोखरा म्याराथनमा दौडियो पोखरा

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५’ सुरु भएको छ । पोखरा रंगशालाबाट…
  • पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । पोखरा–२२, पुम्दीकोटमा यही ७ देखि १५ फागुनसम्म हुने श्रीमद्भागवत् एवं महाशिवरात्रि महिमा कार्यक्रममा यसअघि आयोजना भएका महायज्ञभन्दा बढी…
  • आहारारामा को होला च्याम्पियन ?

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सहारा क्लब पोखरा आयोजनामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि पोखरा रंगशालामा…
  • सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सराङकोट धार्मिक पर्यटकीय क्षेत्र बन्दै गएको बताएका…

hero news full width