फाइल फोटो ।
कास्की,१३ भदौ । पोखरामा आज थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा सघन उपचार कक्षमा उपचार गराइरहेका पोखरा महानगरपालिका–१४ का ५८ वर्षीय पुरूषको बिहान ११ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए।
गत भदौ ७ गते अस्पतालको शल्यक्रिया विभागमा उनको पेटको आकस्मिक शल्यक्रिया गरिएको थियो । भोलिपल्ट नमूना सङ्कलन गरिएकामा भदौ १० गते कोरोनाको नतिजा पोजिटिभ आएको थियो । कोरोना पुष्टि भएपछि उनलाई कोभिड उपचार केन्द्रमा सारिएको थियो । पश्चिमाञ्चल अस्पतालमा अहिलेसम्म सात सङ्क्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ। हालसम्म गण्डकी प्रदेशमा १२ कोरोना सङ्क्रमितको मृत्यु भएको छ।
त्यसैगरी आज गण्डकीमा थप २८ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । नयाँ सङ्क्रमितहरु नवलपरासी (वर्दघाट सुस्ता पूर्व) का २१, लमजुङमा छ तथा कास्कीमा एक जना छन् । हालसम्म प्रदेशमा सङ्क्रमितको सङ्ख्या दुई हजार ९४ पुगेको छ।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
हिमालयन र एलपी देवकोटा फाइनलमा
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
hero news full width
मुख्य समाचार
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१