मणिपालका एक डाक्टर सहित गण्डकीमा ९ जना संक्रमित थपिए

विनिता सुनार
भाद्र १२, २०७७
Manipal-Medical-College

फाेटाेः मणिपाल हस्पिटल ।

पोखरा, भदौ १२ । पोखरा महानगरपालिका–११ फुलबारीमा रहेको मणिपाल शिक्षण अस्पतालका डाक्टर सहित गण्डकी प्रदेशमा ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०६५ पुगेको छ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ९ संक्रमित मणिपालमा कार्यरत २६ बर्षीय डाक्टर र लमजुङ जिल्ला, बेशीशहरुमा कार्यरत (२२, २३, ३६, २३, २४, ४०, ३७, ३४) बर्षीय ८ जना पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

संक्रमित सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width