तनहुँ । तनहुँमा बिहीबार गाईले चारवटै खुट्टा नभएको बाच्छोको जन्म दिएको छ । शुक्लागण्डकी–१२ स्थित भोर्ले निवासी लोकबहादुर गुरुङले पालेको गाईले सबैलाई आश्चर्यचकित पार्ने गरी खुट्टा नै नभएको बाच्छा जन्माएको हो ।
निधारमा तारा भएको निख्खर कालो रंगको सो बाच्छोको स्वास्थ्य अवस्था भने सामान्य रहेको स्थानीय खम्बबहादुर गुरुङले बताए ।
मानिसले बाच्छो उचालेर दूध चुसाई दिएमा चुस्ने र गाईले पनि नचलीकन दिने गरेको उनले बताए । चारवटै खुट्टा नभएको बाच्छो हेर्न छिमेकीको घुइँचो लाग्ने गरेको छ ।
विगतदेखि व्यावसायिक गाईवस्तु पाल्दै आएपनि जिन्दागीमा पहिलो पटक यस्तो अवस्था देखिएको गाईपालक लोकबहादुर गुरुङले बताए ।
‘मेरो जीवनमै यो अचम्मै भयो,’ उनले भने, ‘कुनै–कुनै स्थानमा यस्तो प्रकृति पशु या मान्छे जन्मिए भन्ने सुन्ने गरेपनि आज आफ्नै आँखा अगाडि देख्न पाइयो ।’
बंशाणुगत कमजोरी कारण कुनै पशुमा यस्ता समस्या हुने गरेको भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए ।
यसमा अन्य कुनै समस्याभन्दा पनि जन्मजात दोषका कारण अपाङ्गता भएको जन्मिएको उनले बताए ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
जरोटुप्पोमा सम जयन्ती र सम्मान
‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
नमस्ते हस्पिटल १३ औं वर्षमा
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१