काठमाडौँ । गत आर्थिक वर्षको शुरुमा झण्डै ८ लाख चालक अनुमतिपत्र छपाइ गर्न बाँकी थियो । चालु आवको पहिलो महिना सकिँदा छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या ज्यादै कम छ । यातायात व्यवस्था विभागले अधिकांश अनुमतिपत्र छापे पनि यातायात व्यवस्था कार्यालयले कहिले वितरण गर्ने भन्ने निश्चित छैन ।
विभागले सरकारले जारी गरेको बन्दाबन्दीका समयमा समेत थप समय र जनशक्ति प्रयोग गरी अनुमतिपत्र छपाइ सकाएको हो । सामान्यावस्थामा तीन सिफ्टमा अनुमतिपत्र छपाइ गरिँदै आएकामा बन्दाबन्दी अवधिमा चार सिफ्टमा छपाइ गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनका अनुसार नियमित रुपमा जसरी छपाइ गरिएको भए अझैसम्म छापिसकिने थिएन । विभागले गत आवको अन्तिमसम्ममा बाँकी अनुमतिपत्र छापिसक्ने लक्ष्य लिएको थियो । उनले भने, “हामीले कामको गति बढाएकाले अहिले सकिएको हो ।”
विभागले बन्दाबन्दीकै अवधिमा झण्डै पाँच लाख अनुमतिपत्र छपाइ गरेको थियो । साउन महिनाभरमा झण्डै एक लाख अनुमतिपत्र छापिएको थियो । बन्दाबन्दी सकिएपछि असार र साउन अवधिमा नवीकरण भएका अनुमतिपत्रसमेत अहिले छपाइको काम भइरहेको छ । अब छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या अति कम मात्रै रहेको यातायात व्यवस्था विभागले जनाएको छ । अहिलेसम्म साउन दोस्रो सातासम्म आएका अनुमतिपत्रको छपाइ सकिएको विभागले जनाएको थियो ।
सरकारले जारी राखेको बन्दाबन्दी चैतदेखि जेठसम्म हुँदा यातायात व्यवस्था कार्यालयले पनि सेवा दिएका थिएनन् । सरकारले असारदेखि बन्दाबन्दी खुकुलो गरेसँगै कार्यालयले अनुमतिपत्र नवीकरण थालेका थिए । वाग्मती प्रदेश सरकारअन्तर्गत काठमाडौँ उपत्यकामा रहेका चार वटै कार्यालयले असार र साउनमा नयाँ अनुमतिपत्र खुलाएका थिएनन् । कार्यालयले असारमा विभागबाट छापिएर आएका अनुमतिपत्र वितरण गरेका थिए । सेवाग्राहीको भीडभाड धेरै भएपछि सो सेवा साउनमा रोक्नुपरेको एकान्तकुनास्थित कार्यालयमा प्रमुख डम्बरबहादुर कार्कीले बताए । उनले भने, ”सेवाग्राहीले राजस्व तिरेको कागजबाट पनि सवारीसाधन चलाउन सक्नुहुन्छ भनेर वितरण रोकिएको थियो ।”
कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले बन्दाबन्दी जारी राख्दा विभागले चालक अनुमतिपत्र छपाइलाई निरन्तरता दिइरहेको थियो । सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी लागू गरेपछि १० दिनसम्म छपाइ ठप्प थियो । चैत २० गतेदेखि नियमितरुपमा अनुमतिपत्र छापिएको थियो ।
केही वर्षदेखि चालक अनुमतिपत्रको छपाइमा ढिलाइ हुँदा सेवाग्राही हैरान थिए । झण्डै पाँच वर्ष पहिले हस्तलिखित अनुमतिपत्र विस्थापन गरी ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न थालिएको थियो । विभागमा रहेका उपकरणको क्षमताभन्दा कैयौँ गुणा बढी अनुमतिपत्र छाप्नुपर्ने हुँदा सेवाग्राहीले अनुमतिपत्र पाएका थिएनन् । यही समस्याको समाधानका लागि गत वर्ष असोजमा ठूलो क्षमताको छपाइ उपकरण(मास प्रिन्टर) ल्याइएको थियो । अहिले सोही उपकरणबाट छपाइ भइरहेको छ । बन्दाबन्दी पहिले साना क्षमताका प्रिन्टर भने अहिले प्रयोगमा छैन । साना प्रिन्टरले थोरै संख्यामा छाप्ने तर सञ्चालनका लागि थप जनशक्ति चाहिने भएकाले अहिले प्रयोग नगरिएको विभागले जनाएको छ । विभागले मास्क, पञ्जालगायत आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएर काम गरिरहेको थियो ।
संविधानअनुसार यातायातको जिम्मेवारी प्रदेश सरकारमा गयो र यातायात कार्यालय संघीय सरकारले प्रदेशलाई हस्तान्तरण गरेको थियो । अनुमतिपत्र छपाइको काम भने नेपाल सरकारले नै गर्दै आएको छ । नयाँ अनुमतिपत्रका लागि परीक्षा लिने तथा पुरानाको नवीकरण र अनुमतिपत्र वितरण भने यातायात व्यवस्था कार्यालयले नै गर्दै आएका छन् ।
सरकारले उपकरण खरीद गर्दासम्म विभागले आठ लाख अनुमतिपत्र छाप्नुपर्ने थियो । उपकरण दुई महिनासम्म पनि जडान गर्ने र तथ्याङ्क सार्नेलगायत काम भएपछि पुसदेखि सञ्चालनमा आएको हो । पहिलो केही साता एक सिफ्टमा मात्रै सञ्चालन भएकामा दुुई सिफ्ट हुँदै अहिले तीन सिफ्टमा सञ्चालन भइरहेको विभागले जनाएको छ । मास प्रिन्टरको क्षमता अरु प्रिन्टरभन्दा कैयौँ गुणा बढी भएकाले आवको अन्त्यसम्म सकाउने विभागको लक्ष्य थियो । सामान्य प्रिन्टरले एक महिनामा ३ हजार छाप्ने भए पनि यो उपकरणको क्षमता दैनिक ५ हजार छाप्ने रहेको छ ।
Related News
सम्बन्धित समाचार
जनआदर्श माविको ६५ औं वार्षिकोत्सव
१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको वर्चश्व
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
डिपेन्डेन्ट भिसामा युके लैजान्छु भनी ठगी आरोपमा पक्राउ
hero news full width
मुख्य समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१