कोरोना भ्याक्सिन नेपाललाई छिट्टै उपलब्ध गराइने

आदर्श समाज सम्वाददाता
भाद्र ३, २०७७
corona-vaccine-1200

Representative Image

पोखरा । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभले मंगलबार शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा मंगलबार भएको भेटमा दुई देशको कूटनीतिक सम्बन्ध, संसदीय सम्बन्ध, कोरोना प्रभाव, पूर्वाधार विकास, व्यापार र लगानीको साझेदारी लगायतका विषयमा कुराकानी भएको थियो।

भेटमा अध्यक्ष तिमिल्सिनाले कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका रुसी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

उनले कोरोना भाइरसले विश्व आक्रान्त बनेको बताउँदै भने, ‘विश्वका विभिन्न मुलुकहरू कोरोना भाइरसको भ्याक्सिनको खोजीमा लागिरहेका छन् । हालै रुसमा यसको सफल परीक्षण भएको समाचार सुन्न पाउँदा खुसी लागेको छ।’
सो अवसरमा उनले रुसद्वारा सफल परीक्षण भएको भ्याक्सिनले छिट्टै विश्व स्वास्थ्य संगठनबाट मान्यता पाउने विश्वास व्यक्त गरे ।

नेपाल र रसियाको संसदीय प्रतिनिधि मण्डलबीच समय समयमा हुँदै आएका भ्रमणको स्मरण गराउँँदै अध्यक्ष तिमिल्सिनाले दुई देशका संसदीय मैत्री समूहद्वारा दुई देशको संसद र जनता बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

राजदूत नोभिकभले नेपाल र रसियाबीच कूटनीतिक सम्बन्ध स्थापनादेखि सुमधुर सम्बन्ध रहेको बताउँदै नेपालको विकासका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्न तयार रहेको बताए। उनले रसियाले विकास गरेको कोरोनाको भ्याक्सिन विश्वभरबाट अर्डर आउन थालिसकेको जानकारी गराउँदै नेपालले चाहेमा छिट्टै उपलब्ध गराउन पहल गर्ने बताए।

‘रसियाले तयार पारेको भ्याक्सिन नोभेम्वरमा विश्वबजारमा आउनेछ। नेपाललाई प्रथामिकतामा राखेर उपलब्ध गराउन सकिन्छ,’ राजदूत नोभिकभले भने।

Related News

सम्बन्धित समाचार

  • वर्ष खेलाडीको चर्चा

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्डको वर्ष खेलाडी (महिला) विधामा आर्चरीकी अनुश्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता…
  • लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका–७ को पर्यटकीय गाउँ लान्द्रुकमा यस वर्ष पनि हनी हन्टिङ महोत्सव हुने भएको छ । आगामी ८…
  • दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    स्याङ्जा । सडक अनुशासनको पालना तथा सवारी दुर्घटना न्यूनीकरणका मंगलबारदेखि स्याङ्जामा ‘ट्राफिक सप्ताह’ सुरु गरिएको छ । जिल्ला प्रहरी र…
  • राेहितलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा। पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गर्ने आठौं…
  • रत्न शोभा माविको ६५ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    लेखनाथ ।  पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले समुदायवाट संचालीत विद्यालय हाम्रा भएकाले हामीले नै वनाउनु पर्नेमा जोड दिएका छन् ।…

hero news full width