पोखरा । महिला फुटबलको फिफा वरीयतामा नेपाल ९९ औं स्थानमा उही ९९ औं स्थानमै कायम रहेको छ ।
विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको महिलातर्फको वरीयतामा नेपाल साविककै ९९ औँ स्थानमा यथावत रहेको हो ।
पछिल्लोपटक कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय खेल नहुँदा कुनैपनि फिफा वरीयतामा समेत कुदै फेरबदल भएको छैन । कोरोना भाइरसको प्रभाव फिफा वरीयतामा समेत परेको हो । पछिल्लो पाँच महिनादेखि फिफाको वरीयता एकनास रहेको पाइएको छ । एशियाली देशतर्फ नेपाल २१ औँ स्थानमा छ । दक्षिण एशियाली देशको वरीयतामा नेपालको स्थान दोस्रो छ ।
फिफा वरीयतामा दक्षिण एशियाली देश भारत ५५ औँ, बंगलादेश १३४ औँ, श्रीलंका १४० औँ, माल्दिभ्स १४२ औँ तथा भुटान १५४ औँ स्थानमा छन् । विश्व वरीयतामा अमेरिका पहिलो, जर्मनी दोस्रो, फ्रान्स तेस्रो, नेदरल्यान्ड्स चौथो, स्विडेन पाँचौँ, इङ्ल्यान्ड छैटौँ, अष्ट्रेलिया सातौँ, ब्राजिल आठौँ, क्यानडा नवौँ र उत्तर कोरिया १० औँ स्थानमा छन् ।
Related News
सम्बन्धित समाचार
१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको वर्चश्व
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
आहारारामा को होला च्याम्पियन ?
पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१