जन्मदिनमा वृद्धाश्रमलाई सहयोग

आदर्श समाज सम्वाददाता
भाद्र १, २०७७
help

पोखरा । व्यास ४ की सञ्जु घलेले चापाघाटमा रहेको वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आश्रय लिएर बसेका वृद्धवृद्धाहरुसँग जन्मदिन मनाएकी छन् । उनले आश्रममा रहेका ६ जना बुबाआमालाई केक खुवाएर आशीर्वाद लिइन्।

घलेले बुबाआमालाई केही दिनलाई पुग्ने खाद्यान्न सहित नगद तीन हजार पनि पनि सहयोग गरेको आश्रम सञ्चालक समितिकी कार्यवाहक अध्यक्ष शकुन्तला आले बताइन् ।

यसैबीच रोट्रयाक्ट क्लब अफ वेदव्यास क्लब पनि गठन गरिएको छ । दमौलीमा रहेका क्रियाशील महिलाहरुको मात्र समूह मिली क्लब गठन गरिएको हो ।

क्लब संस्थापक अध्यक्षमा घले रहेकी छिन् । क्लबमा आकृति पुडासैनी, स्वीकृति पुडासैनी, मुना गुरुङ, शोभाना गुरुङ, विविशा पौडेल, सीना गैहे्र, आश्रित श्रेष्ठ, सिर्जित पुन, अविक्षा खड्का, एलिसा परियार, अर्चना परियार र सरु गुरुङ रहेका छन् ।

क्लबको नाम पनि आश्रमकै राखिएको हुनाले आश्रमबाटै सामाजिक कार्यको सुरुवात गरिएको अध्यक्ष घलेले बताइन् । उनले भनिन्, “सामाजिक कार्यको लागि महिलाहरुमात्र सहभागी हुने क्लब गठन गरिएको हो ।”

समाजमा रहेको विकृति हटाउँदै महिलाहरुलाई अग्रसर गर्ने मूल उद्देश्य क्लबको रहेको उनले बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै