सावित्रीको ‘भाइरस निस्क्यो’ बजारमा (श्रव्यदृश्यसहित)

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०७७
viras nisko

सेतीनदीमा आएको बेमौसमी बाढीको लोक एल्वम बजारमा निकालेर चर्चा कमाएकी गायिका साबित्री गिरीको तीजेगीत भाइरस निस्क्यो बजारमा आएको छ ।

उनको कोरोना भाईरस संक्रमण र यसबाट बच्ने बारेमा तीजगित बजारमा आएको हो । यसकासाथै उनको मै माग्थे बलापन बोलको गीत पनि बजारमा आएको छ ।  उनका गीत पौराणिक ढाँचाको लोकलय र तीजको भाकामा संरचित रहेका छन् ।

कास्कीको राजाको चौतारा निवासी गिरिले यसअघि अल्झिए नजर, भयो जे हुनु , सेतै फुल्यो काँस, मेलैमा सरर दोहोरी खेलैमा, मकै खायो घुनले जस्ता लोकगीत तथा छमछ्म नाचनी हो, छाता ओझेल पारी, काठमाडौ जाँदा, चौबन्दी चोली, सेतीबाढी , भूकम्प जस्ता गीत बजारमा ल्याइसकेकी छन । उनका आधुनिक गीत सिसा होस या दिल र घामले पोल्यो पनि चर्चामा रहेका गीत हुन ।

उनका हालसम्म बजारमा आएका गीतमध्ये चारवटामा आफ्नै शब्द सङ्गीत र स्वर रहेको छ भने बाँकी गीतमा खड्ग गर्बुजा, राजु परियार, रामजी खाड, बिष्णु माझी , देवी घर्ती, राधिका हमाल, ज्योति गिरीलगायतले स्वर दिएका छन् ।

Related News

सम्बन्धित समाचार

  • को होला मिस तामाङ ?

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङ पोखराको ग्राण्ड फिनाले शनिबार हुँदैछ । पोखरा सभागृहमा ११…
  • पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । अहिलेको चर्चित गीत ‘म त ढलें ढलें..’ सबैको मुखमा झुण्डिएको छ । मेल महोत्सव, विभिन्न कार्यक्रममा समेत यही…
  • मिस तामाङमा १३ प्रतिस्पर्धी

    आदर्श समाज सम्वाददाता पौष १, २०८१
    पोखरा । सोनाम ल्होसार अवसरमा बैदाम तामाङ समाज पोखराले नवौं मिस तामाङको तयारी गरेको छ । आगामी १२ माघमा पोखरा…
  • सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी

    विजय नेपाल मंसिर १९, २०८१
    पोखरा । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्र क्षेत्रको विकासका लागि विभिन्न विषयलाई प्राथमिकता दिएर दू्रत गतिमा काम…
  • ‘मनमाया’ गीतको भिडियो सार्वजनिक

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । किरण शंकर र सुमिना लोको आवाजमा रहेको ‘मनमाया’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । पोखरामा शुक्रबार आयोजित…

hero news full width