प्राध्यापक संघ वन विज्ञानमा नयाँ कार्यसमिति

आदर्श समाज सम्वाददाता
श्रावण २८, २०७७

पोखरा । प्रजातन्त्रवादी प्राध्यापक संघ, वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसको पाँचौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।

सहप्राध्यापक डा ठाकुर सिलवालको अध्यक्षतामा गठित ९ सदस्यीय कार्यसमिति उपाध्यक्षमा उपप्राध्यापक पवित्र झा, सचिवमा उपप्राध्यापक सुश्मा भट्टराई, कोषाध्यक्षमा डा ध्रुवविजय जिसी छन् ।

सदस्यमा प्राडा भरत महतो, सहप्राध्यापक राजकुमार कोइराला, उपप्राध्यापक सुनित ढुंगाना, उपप्राध्यापक नीरु थापा र उपप्राध्यापक विजय न्यौपाने चयन भए ।

सो अवसरमा सहप्राध्यापक अञ्जना श्रेष्ठ राजभण्डारीलाई सम्मान गरियो । प्राध्यापक संघमा रही लामो समय वन विज्ञान अध्ययन संस्थानमा अध्यापन गराउँदै आएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो ।

इकाइ सभापति राजन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस कास्की सभापति कृष्ण केसी, प्रजातन्त्रवादी प्राध्यापक संघ, केन्द्रिय उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक कमल सापकोटा, काँग्रेस कास्की क्षेत्र २ का सचिव कृष्ण कोइराला लगायत बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width