छोराछोरीले पठाएको रकम कोरोना पीडितलाई

आदर्श समाज सम्वाददाता
श्रावण १८, २०७७
116286492_286173959312742_7632723453464756508_n

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ११ कालीकोट स्थायी घरभई हाल पोखरा ८ अनुपममार्गमा वस्दै आएकी खुमकुमारी थापाले आफ्नो गाउँका कोरोना पीडित दाजुभाइ तथा दिदिबहिनीलाई आइतबार राहत वितरण गरेकी छन् ।

उनले वैदेशिक रोजगारका सिलसिलामा युके तथा अष्ट्रेलियामा रहेका छोराछोरीले पठाएको रकमले कालीकोटका २० घर परिवारलाई राहत वितरण गरेकी हुन् ।

राहतमा चामल ३० केजीको १ वोरा, २ केजी दाल, २ केजी नुन, १ केजी चिनी, लुगाधुने साबुन ६ पिस, नुहाउने साबुन १ थान र चियापत्ती १ वट्टाका दरले वितरण गरेकी थिइन् ।

सो अवसरमा शुक्लागण्डकी–११ कालीकोटमा रहेको कालीका आमा समुहलाई पनि २० हजार आर्थिक सहयोग प्रदान गरेकी छन् । आमा समुहकी अध्यक्ष ज्याम कुमारी थापालगाएतको समुहलाई उक्त रकम हस्तान्तरण गरेकी हुन् ।

वडा नंं. ११ का अध्यक्ष दलबहादुर थापाले विदेशमा रहेर सहयोग पठाउने तथा नेपालमा रहेका सामाजिक कार्यमा सक्रिय थापा परिवारलाई आभार व्यक्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post