पोखरा, १५ साउन | कोरोना भाइरसका कारण विद्यालय जान नपाएका विद्यार्थीलाई पोखरा महानगरपालिकाले स्वअध्ययन सामग्री वितरण गरेको छ । पोखरा महानगरपालिकाको शिक्षा महाशाखाले तयार पारेको स्वअध्ययन सामग्री पोखरा वड नम्बर १८ का ९ वटा विद्यालयका विद्यार्थीलाई बुधबार वितरण गरिएको हो ।
शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापा, लगायतले स्व अध्ययन सामग्री वितरण गरेका हन् । कक्षा १ देखि १० सम्मका सामुदायिक विद्यालयका विद्यार्थीहरुको लागि गणित, विज्ञान, अंग्रेजी, नेपाली र सामाजिक विषयलाई समेटेर स्वअध्ययन सामग्री तयार परिएको शिक्षा महाशाखाका अधिकृत वसन्त पौडेलले जानकारी दिए । उनका अनुसार विद्यालयमा अध्यापन हुने ९० दिनको कोर्षलाई स्व अध्ययन सामग्रीमा समेटिएको छ ।
वडाध्यक्ष तथा वडा शिक्षा समितिका अध्यक्ष रणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य भोजकुमारी थापा, वडा शिक्षा समिति सदस्य रामचन्द्र तिमिल्सिना, नेकपाका प्रतिनिधि पुस्कल थापा, नेपाली कांग्रेसका प्रतिनिधि शिवप्रसाद तिमिल्सिना, पोखरा महानगरका प्रमुखका स्वकीय सचिव लक्ष्मण तिमिल्सिना लगायतले स्वअध्ययन सामग्रीको बारेमा बोलेका थिए ।
वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार स्व अध्ययन सामग्री तयार गरी अहिलेसम्म ९ वटा वडाका विद्यार्थीहरुलाई वितरण गरिएको शिक्षा महाशाखा प्रमुख आचार्यले जानकारी दिए । उनका अनुसार यसअघि वडा नम्बर २१,२२,२३,२४,२५,२८,३१ र ३३ वडाका विद्यार्थीलाई वितरण गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
भद्रकाली माविको ७३ औं वार्षिकोत्सव
रुपाताल संरक्षण परियोजना निर्माणमा जोड
काटिएका रुखका मुढा जफत
नातिहरुसँग जन्मदिन, सहारा एकेडेमीमा नगद सहयोग
बालोदयमा इन्टेलेक्ट स्फेयर
hero news full width
मुख्य समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१