ट्राफिक कार्वाहीमा १ करोड ३४ लाख संकलन ,४४ जनाले ज्यान गुमाए

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७७
download

तनहुँ, ७ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले गत आर्थिक वर्षमा विभिन्न सवारीसाधन कार्वाहीमा १ करोड ३४लाख ५१ हजार राजश्व संकलन गरेको जनाएको छ ।

कार्वाही पर्ने सवारीसाधनहरुमा मोटरसाइकल ,कार ,जिप ,बस र ट्याक्टर रहेका छन्। जसमा २१ हजार १सय ५० वटा विभिन्न सवारीसाधनहरु कार्वाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम राना भाटले जानकारी दिए।

मादक पदार्थ सेवन गरि सवारी चलाउने उपर ७सय४१सवारीसाधन साधन कारवाहीमा परेका छन् भनेउक्त कार्वाहीबाट ७ लाख४१ हजार १ सय २९ रुपैयाँ जम्मा भएको छ। सवारी नियम विपरीत चलाउने सवारीसाधनहरुबाट ५हजार २ सय ६१ टिप्पर र ट्रक कार्वाहीमा परेका छन् भने यस्ता ट्राफिक नियम उलंघन गरेवापत् ३१ लाख ११हजार १ सय ५४ रुपैयाँ उठेको छ।

जिप,बस कार्वाहीबाट ४ हजार ४ सय११वटा कार्वाहीमा परेका छन भने २६ लाख२ ७ हजार कार्वाही उठेको छ भने मोटरसाइकल मोडिफाई गरि सवारी गर्ने हरुलाई नियन्त्रणमा लिएको ४ हजार २ सय८८कार्वाहीमा परेका छन् जस मध्येबाट ५लाख८९ हजार५ सय राजश्व संकलन भएको हो।

ट्याक्टर,ट्याक्सी ,म्याजिक जस्ता८ सय८ सवारीसाधनहरुले सवारी नियमको उलंघन गरि ईज्जत् पत्रबेगर सवार रहेका तेस्ता सवारीसाधनहरुबाट ५ लाख ८५ हजारराजश्व संकलन गरिएको छ।लाईसन,विलबुक नभै सवार गरेका ६ हजार ३ सय विभिन्न सीसीका मोटरसाइकलहरुबाट ५२ हजार ६४ सय राजश्व संकलन भएको छ।अन्य ३० वटा विभिन्न सवारीसाधनहरुवाट २१ हजार राजश्व संकलन भएको छ।

गत आर्थिक वर्षको अबधिभरमा २१ हजार १ सय५० वटा सवारीसाधन कार्वाहीमा परेका छन्। गत वर्षमा जिल्लाका विभिन्न स्थानहरूमा साना–ठूला गरि ६४ वटा दुर्घटना भएका छन् भने विभिन्न स्थानमा दुर्घटनामा परि ४४जनाको मृत्युु भएको छ।जस् मध्ये गम्भीर घाइते ६७जना र सामान्य घाइते ८९जना रहेका थिए।

लक डाउन अबधिभर १ लाख ६८हजार ५ सय राजश्व संकलन भएको छ भने १३ हजार २ सय वटा सवारीसाधन कार्वाहीमा परेका छन् भने ६ जनाले ज्यान गुमाएका छन् भने गम्भीर घाइते ३२ जना रहेका र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख रेशम राना भाटले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग