पोखरा, ६ साउन । नेपाली काँग्रेसका संस्थापक वीपी कोइरालाको ३८ औं स्मृति दिवसमा कास्कीमा मङ्गलबार विविध कार्यक्रम गरिएको छ ।
स्मृति दिवसको अवसर पारेर वृक्षरोपण, राहत वितरण, बिरुवा गोडमेल, रक्तदान, दिप प्रज्ज्वलन जस्ता कार्यक्रम गरिएको कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।
कास्की काँग्रेसले पोखरा २६ पैतेडाडाका ७८ परिवारलाई नगद १८ हजारसहित २० बोरा चालम, दाल, नुन, सिलिण्डर ग्यास सहयोग गरेको छ ।
पहिरो पीडित परिवार बसिरहेको पोखरा २६ स्थित अमरज्योती आधारभूत विद्यालयमा कार्यक्रम गरी सहयोग हस्तान्तरण गरिएको थियो ।
त्यस्तै, पहिरोमा परी मृत्यु भएका दुर्गा विकको परिवारलाई नगद आठ हजार एक सय र भुवन कुना, भज्याङ, अर्घाैबेसी, आरुपाटा, डाडाकोनाकका पहिरो पीडित १० परिवारलाई राहत प्रदान गरिएको छ ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री यज्ञबहादुर थापाले पीडित परिवारलाई जुनसुकै सहयोग गर्न पनि काँग्रेस तयार रहेको बताए ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीले पहिरोपछि विस्थापित परिवारको व्यवस्थापनका लागि काँग्रेसले पहल गरिरहेको बताए ।
कार्यक्रममा नेपाल महिला संघ कास्कीकी सभापति कोपिला रानाभाट, नेपाली काँग्रेस महासमिति सदस्य गिरिराज गौतम, नेपाल ट्रेड युनियन काँग्रेस गण्डकी अध्यक्ष मुरारी शर्मा, पोखरा २६ का वडाध्यक्ष नारायणप्रसाद बराल, पीडित परिवारकोतर्फबाट पवित्रा विक र गोविन्द परियारले बोलेका थिए ।
नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा २६ का सभापति कृष्णमोहन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कास्की जिल्ला सदस्य राजेन्द्रमणि लामिछानेले स्वागत र वडा कार्यसमिति सचिव चिनिया थापाले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
जरोटुप्पोमा सम जयन्ती र सम्मान
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
कोटीहोम गोलचक्करमा पोखरा
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
पोखरा वडा २७ को आफ्नै भवन
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१