अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय निर्वाचन मण्डलले प्रकाश पौडेल माइलाको नेतृत्वमा नयाँ कार्य समिति घोषणा गरेको छ । अध्यक्षमा माइला निर्विरोध भए तापनि अन्य पदका लागि भएको परिणामसँगै समितिले सोमवार निर्वाचनको नतिजा सार्वजनिक गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षका लागि गोवर्धन पूजा र लालगोपाल सुवेदी बीचको प्रतिश्पर्धामा पूजाले ७ सय ५५ मत प्राप्त गरेर विजयी भए भने सुवेदीले ३ सय ९७ मत प्राप्त गरे।
यसैगरी विभिन्न क्षेत्रका उपाध्यक्षमा अमेरिका उपाध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, एसिया उपाध्यक्ष बाबा बस्नेत, युरोप उपाध्यक्ष सुनिल संगम, ओसियानी उपाध्यक्ष राजेश बुढाथोकी र कोषाध्यक्षमा कृष्ण गिरी निर्विरोध निर्वाचित भए ।
महासचिवका लागि भएको निर्वाचनमा सर्वज्ञ वाग्ले ६ सय ६८ मतसहित विजयी भए अर्का प्रत्याशी स्पन्दन विनोदले ४ सय ५२ मत प्राप्त गरेका छन् ।
सचिवमा ७ सय ५७ मतसहित विमला निराैला निर्वाचित भइन् भने अर्का प्रत्याशी प्रेमप्रसाद भट्टराईले ३ सय ४८ मत प्राप्त गरे ।
पाँच सदस्यका लागि भएको निर्वाचनमा दीप पाठक ८ सय २६ सहित, तारा अधिकारी र डा. रेणुका बस्नेत बराबर ६ सय २८ मतसहित, प्रमोद सारङ्ग ५ सय ८८ मत र निजानन्द मल्ल ५ सय ७१ मतसहित विजयी भए ।
नतिजा सार्वजनिक समारोहमा निर्वाचन अधिकृत डा. चूडामणि खनाल, तीर्थराज पाण्डे, पुष्पा खनाल, विजयराज भट्टराई, कुमार सिम्खडा, बोर्ड अफ् ट्रष्टीका अध्यक्ष गीता खत्री, केन्द्रीय अध्यक्ष रामेश्याम लेकालीलगायतले बोलेका थिए ।
विश्वभरका २ हजार एक सय ८१ मतदाताले अनलाइन माध्यमबाट मतदान गरी अनेसासको नयाँ कार्य समितिलाई निर्वाचित गरेका हुन् ।
Related News
सम्बन्धित समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१