पोखरा, १ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उपयुक्त समयमा मन्त्रिमण्डल मात्रै नभई मन्त्रालयकै फेरबदल हुने बताएका छन् । मंगलबार संसदीय दलको बैठकपछि बुधबार लमजुङ पुगेका गुरुङले पत्रकारहरुसँग कुरा गर्दै अब मन्त्रिमण्डलसँगै मन्त्रालय पनि यताउति हुने बताएका हुन् । भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयमा धेरै कामको चाप भएको भन्दै यसलाई विभाजन गर्नुपर्ने उनको भनाइ छ ।
‘सबै प्रदेशमा ७ मन्त्रालयको खाका बनाएको छ । यो ब्यवहारिक भएन । एउटा मन्त्रालयले विकास बजेटको २० अर्बमध्ये १५ अर्ब एउटैमा छ । भौतिकमा उर्जा, सडक, यातायात सबै छ । सामाजिक विकास मन्त्रालयमा पनि उस्तै दायरा छ । उद्योग भनेको छ, आपूर्ति, वाणिज्य, वन, पर्यटन एउटैमा छ,’ उनले भने, ‘आन्तरिक मामिलासम्बन्धी प्रहरी हेर्ने कुरा मुख्यमन्त्री कार्यालयमा हुनुपर्छ । सिडियोहरुलाई निर्देशन दिन सजिलो हुन्थ्यो । चेन अफ कमाण्डमा काम हुन्थ्यो । अव मन्त्रिमण्डल मात्रै होइन । मन्त्रालयकै चेन्ज हुन सक्छ ।’
मुख्यमन्त्री गुरुङले मन्त्रीहरुको पनि परफर्मेन्स राम्रो नभए बदल्न सकिने दोहोर्याए । ‘संसदीय दलमा सबै मन्त्रीको दावेदार नै हो, सभामुख र उपसभामुख बाहेक । मन्त्रीले काम गरेनन् मैले गर्थें पाए भने भन्ने सामान्य कुरा हो,’ उनी भन्छन्, ‘अहिले नै मन्त्री फेर्ने उद्घोष गर्ने ठाउँमा छैन । काम सन्तोषजनक भए २ वर्षभन्दा धेरै पनि रहन सक्नुहुन्छ । नत्र चेन्ज हुन पनि सक्छ ।’ कोरोना महामारी नभएको भए हालसम्म मन्त्रिमण्डल फेरिसक्ने उनको तयारी थियो । श्रोतका अनुसार मन्त्रिमण्डल परिवर्तन गर्न उनलाई केन्द्रिय पार्टी पंक्तिले ग्रीन सिग्नल दिइसकेको छ । उनले त्यसको उपयुक्त मौका मात्रै कुरिरहेका छन् ।
मुख्यमन्त्री गुरुङले धेरै पटकसम्म मन्त्रालय संख्या बढाएर ९ सम्म पुर्याउने सार्वजनिक रुपमै वक्तव्य दिएका थिए । मन्त्रीहरुको कार्यशैलि चित्तबुझ्दो नभएको गुनासो नेकपाभित्रैको संसदीय दलमा समेत पटकपटक उठेको छ । एकातिर मन्त्रीको काममाथि प्रहार भैरहेको छ भने अर्कोतर्फ मन्त्रिमण्डलमा समानुपातिक प्रतिनिधित्व हुन नसकेको आरोप छ । गण्डकीमा गोरखा र तनहूँबाट दुई/दुई जना मन्त्री छन् । लमजुङ, पर्वत र म्याग्दीबाट एक÷एक जना मन्त्रीहरु छन् । तर सबैभन्दा धेरै सांसद रहेको कास्कीबाट कोही पनि मन्त्रिमण्डलमा प्रतिनिधित्व गर्न पाएका छैनन् । नेकपाका झण्डै एकतिहाइ सांसद कास्कीमा मात्रै छन् ।
Related News
सम्बन्धित समाचार
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१