चितवनकी एक महिलालाई बलात्कारको आरोपमा नेपाल सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय लामापाटन, पोखरामा कार्यरत सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारीलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।
आफू बालात्कृत भएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा ती महिलाले उजुरी दिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जीवनराम श्रेष्ठले बताए ।
‘चितवनकी एक महिलाले दिएको उजुरी आधारमा उहाँलाई नियन्त्रणमा लिएका छौं,’ एसपी श्रेष्ठले भने ।
पीडित महिलाले बुधबार दिउँसो सवा २ बजे प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गरेर घटनाका बारेमा जानकारी दिएको र त्यसपछि प्रहरीले घटनास्थलमै पुगेर एसएसपी अधिकारीलाई पक्राउ गरेको उनले बताए।
उनले पीडित महिलाको स्वास्थ्य जाँच, प्रमाण संकलन तथा थप अनुसन्धान भइरहेको जानकारी दिए ।
स्याङ्जाका अधिकारी १ वर्षदेखि लामापाटनमा कार्यरत रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुभाष हमालले बताए ।
Related News
सम्बन्धित समाचार
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
सम जयन्तीमा रंगकर्मीको सम्मान
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१