निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अनुगमन सुरु

आदर्श समाज सम्वाददाता
असार १६, २०७७
IMG_9317 (1)

पोखरा १६, असार । कास्की निर्वाचन क्षेत्र नम्बर ३ (१) मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अनुगमन गर्न सुरु गरिएको छ । उक्त क्षेत्रबाट निर्वाचित सांसद रामजीप्रसाद बराल (जीवन) र प्रदेश सांसद पुष्पा केसी भण्डारीको छनौटमा परेका केही योजनाको सोमबार देखि अनुगमन गर्न सुरु गरेका हुन् ।

सोमबार ७ वटा योजनाको अनुगमन गरिएको अनुगमन समितिका संयोजक समेत रहेकी प्रदेश सांसद भण्डारीले बताइन्। उनका अनुसार पोखरा महानगरपालिका १९ मा दुई, कास्कीको माछापुच्छ्रे गाउँपालिकाका विभिन्न वडाका ५ वटा योजनाहरुको अनुगमन गरिएको हो ।

अधिकांश योजनाहरु हतारहतारमा सम्पन्न भएकाछन भने केही योजनाहरु निर्माण कार्य जारी अन्तिम समयमा सम्पन्न हुने अवस्थामा पुगेको संयोजक भण्डारीले जनाइन् । पोखरा १९ स्थित तल्लाकोट तल्लो डाँडा बाटो निर्माण तथा भूक्षय नियन्त्रक कार्यको लागि विनियोजित २६ लाखको ३ सय २० मिटर ढलान हुने काम अन्तिम चरणमा पुगेको निर्माण समितिका राम आचार्यले बताए । त्यस्तै पोखरा १९ कै शहरडहरमा सामुदायिक बहुउद्देश्यीय भवन निर्माण भएको निर्माण समितिका सविन जिसीले बताए । उनका अनुसार ५ लाखको लागतमा हालै उक्त भवन निर्माण भएको छ ।

त्यसै गरी माछापुच्छ्रे २ घलेखर्क, खैमराङ मोटरबाटो तीन खण्डमा गरी एक सय ८५ मिटर ढलान गरिएको निर्माण समितिका अध्यक्ष सोमबहादुर गुरुङले बताए । उक्त योजनाको लागि १० लाख रुपैया विनियोजन भएको थियो । त्यसैगरी माछापुच्छ्रे ३ को स्याल्पे भूमे पार्क तथा पैदलमार्ग निर्माण कार्य हालै सम्पन्न भएको निर्माण समितिका अध्यक्ष बिष्णु केसीले बताए ।

उक्त योजनामा १० लाख रुपैया विनियोजन भएको हो । माछापुच्छ्रे ३ को सृजना साहित्य सदनले एक लाख रुपैया बराबरको छतमा रेलिङ वार हालेको छ । माछापुच्छ्रे ४ को सानो भिरकटेरा सेती मुल अन्र्तगत सिंचाई कुलो निर्माण भएको छ । ५ लाखको लागतमा उक्त परियोजना हालै सम्पन्न भएको हो । माछापुच्छ्रे ४ कै चर्याङ, टुटुङगा हुदै रिभान जोड्ने पैदल मार्ग निर्माण कार्य सम्पन्न भएको निर्माण समितिका अध्यक्ष मनबहादुर तामाङले बताए । उक्त परियोजनाको लागि ५ लाख बजेट विनियोजन भएको हो, त्यस्तै समितिले अन्य योजना समेत अनुगमन गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width