काठमाडौँ, १६ असार । नेपालमा कोरोना भाइरस (कोभिड १९)को अनुवंश (जीन सिक्वेन्सिङ ) को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाली वैज्ञानिक र अनुसन्धान कर्ताबाट कोरोना सङक्रमितमा रहेकाको जीनको अध्ययन थालेको हो ।
परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले नेपालमा सङक्रमितमा रहेको जीन कस्तो प्रकारको रहेको भनेर अध्ययन गर्न शुरु भएको बताउनुभयो । कोभिड–१९ का विभिन्न जीन रहेकाले अध्ययनबाट नेपालमा रहेको कुन जीन हो भन्ने पत्ता लगाइने छ । परिषद्ले यसका लागि काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेर प्रक्रिया अगाडि बढाएको छ । यसैगरी त्रिभुवन विश्वविद्यालय र अन्य निजी प्रयोगशालासंग पनि सम्झौता गर्ने तयारी गरेको छ । जीनको अध्ययनका लागि काठमाडौ विश्वविद्यालयले उपकरण समेत खरिद गरेर ल्याइसकेको जनाइएको छ । परिषद्का बरिष्ठ अनुसन्धान अधिकृत डा. मेगनाथ धिमालले अध्ययनबाट कोरोना भाइरसको कति शक्तिशाली रहेछ भन्ने पत्ता लाग्ने बताए ।
जीन सिक्वेन्सिङका लागि अहिले प्रयोगशालाको परीक्षण, सङक्रमित व्यक्तिको संकलित नमूना संकलन गर्ने कार्य भइरहेको छ । “जीनको अध्ययनले भाइरस कस्तो रहेको छ भन्ने थाहा हुन्छ ’’ उनले भने “ भाइरस पत्ता लागेपछि कोभिड १९ विरुद्धको भ्याक्सिन बनेपछि प्रयोग गर्न सकिन्छ ।’’ सवै देशले आफ्नो देशमा सङक्रमित व्यक्तिमा भएको भाइरस कस्तो छ भनेर जीन सिक्वेन्सी गरिरहेका छन् । परिषद्ले शुरुमा १५ जना सङक्रमितको जीनको अध्ययन गर्ने छ र यसपछि ५० देखि ६० जनाको गर्ने छ । उनका अनुसार फरक फरक देशबाट आएका मानिसको जीनको अध्ययन गरिने छ । “हामीले फरक फरक देशबाट आएका सङक्रमित व्यक्तिको जीन अध्ययन गर्ने छौं ’’ उनले भने “ जीन सिक्वेन्सिङले कुन देशबाट आएका मानिसमा कस्ता प्रकारको भाइरसको जीन छ भन्ने पत्ता लगाउँछ ।’’
अध्ययनबाट कोभिड १९ को संक्रमणले मानिसको रगतमा कुन कुन चीज उत्पन्न भएको छ भनेर पनि पत्ता लाग्ने छ । नेपालका संक्रमित रहेका मध्ये ९८ प्रतिशत कोभिड १९ को मेडिकल लक्षण चिह्न (क्लिनिकल साइन सिन्ट्रोम) नभएको पाइएको अवस्थामा अध्ययनले कुन प्रकारको जीनको कारणले यहाँका मानिसमा सङक्रमण रहेको र भाइरसको कुन चाहिँ जीन नेपालमा बढी रहेको भन्ने कुरा थाहा हुने छ । सङक्रमित व्यक्तिको स्बाब र रगतबाट जीन सिक्वेन्सिङ गरिने छ । जीन पत्ता लगाएपछि कोभिड– १९ को उपचारका लागि आवश्यक भ्याक्सिन र औषधि पत्ता लगाउन सकिने छ । चीन, अमेरिका, भारतलगायत देशले पनि कोभिड–१९ को जीनबारे अनुसन्धान शुरु गरिसकेका छन् । उनले जीनको अध्ययनपछि गुणस्तरिय छ कि छैन भनेर परीक्षण गर्नका लागि विश्व स्वास्थ्य संगठनको स्वीकृतमा विदेश रहेका प्रयोगशालामा समेत परीक्षण गरिने बताउनुभयो । उनका अनुसार १० प्रतिशत नमूना विदेशी प्रयोगशालामा समेत पठाइने छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छुः प्रधानमन्त्री
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
चट्याङ लागेर एकजनाकोे मृत्यु
लालबहादुर चण्डेश्वरी संगीत पुरस्कार मीरा र ध्रुवेशचन्द्रलाई
hero news full width
मुख्य समाचार
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१