गण्डकीमा कोरोना संक्रमित ८८८

आदर्श समाज सम्वाददाता
असार १३, २०७७
Corona_2

पोखरा, १३ असार । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८८८ पुगेको छ । शनिबार राति पुनः ३४ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । योसँगै कुल संक्रमित संख्या ८८८ पुगेको हो ।

शनिबार नै बिहान ३२ र साँझ १६ जनामा कोरोना पुष्टि भएको थियो । तीमध्ये विदेशबाट आइ पोखरा क्वारेन्टाइनमा बसेका पोखराका ५ महिला छन् । गएको २४ घण्टामा प्रदेशमा ८२ नयाँ संक्रमित थपिएका हुन् ।

नयाँ संक्रमितमध्ये बागलुङका २७, तनहूँका ६ र पर्वतका १ जना छन् । उनीहरु सबैको नमुना परीक्षण प्रदेश क्षयरोग केन्द्र, पोखरामा भएको थियो ।

बागलुङको बडीगाड गाउँपालिकाका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ । उनीहरुको उमेर समूह वर्ष १८ देखि ४७ सम्म छ ।

बागलुङ नगरपालिकाका थप १७ जना पुरुष पनि संक्रमित भएका छन् । उनीहरु २० देखि ७० वर्षसम्मका छन् । काठेखोला गाउँपालिकाका २ महिला र २ पुरुष संक्रमित छन् । जसमा २७ र ३६ का पुरुष तथा २० र २३ वर्षका महिला छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिकाका वर्ष २३ र ३० का महिला, भानु नगरपालिकाका वर्ष ३२, ५३ र ६१ का पुरुष र व्यास नगरपालिकाकी १४ वर्षीया किशोरीमा पनि कोरोना भाइरस संक्रमण देखिएको हो ।

त्यस्तै, पर्वत सदरमुकाम कुष्मा नगरपालिकाका ५३ वर्षीय पुरुष संक्रमित भएका छन् ।

पोखरामै भएको नमुना परीक्षणमा सल्यान जिल्ला बागचौर नगरपालिकाका २६ वर्षका पुरुषमा पनि कोरोना देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।
गण्डकीमा कुल संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ भने १ सय २१ निको भई डिस्चार्ज भएका छन् ।

Related News

सम्बन्धित समाचार

  • सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमानको निधन

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    पोखरा, २२ भदौ । सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीको निधन भएको छ । लामो समयदेखि उनी फोक्सोको रोगबाट पीडित भए…
  • एकीकृत समाजवादीका डेढ सय कार्यकर्ता एमाले प्रवेश

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    पोखरा, २२ भदौ । नेकपा (एकीकृत समाजवादी) का प्रदेश तथा जिल्ला तहका पदाधिकारीसहित १ सय ५५ जना कार्यकर्ता नेकपा (एमाले)…
  • लामाचौर कपमा नेपाल पुलिस च्याम्पियन

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    पोखरा, २२ भदौ । लामाचौर कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लबले उपाधि जितेको छ । शनिबार फाइनलमा…
  • हारबाट सिक्छ गण्डकी भलिबल

    धनबहादुर गुरुङ भाद्र २२, २०८१
    पोखरा । नेपालको क्लब भलिबल (पुरुष) मा विभागीय ३ टिमलाई कडा चुनौती दिने मोफसलका टोलीमध्ये एउटा टिम हो–गण्डकी प्रदेश ।…
  • हर्षोल्लासका साथ मनाइयो तीज

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    पोखरा । यसपालिको हरितालिका तीज हर्षोल्लासका साथ मनाइएको छ । देशभरका शिव मन्दिरमा व्रतालु महिलाको ठूलो भीड लागेको थियो ।…

hero news full width