अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा २०२३ को महिला विश्व कप फुटबल आयोजना गर्ने

आदर्श समाज सम्वाददाता
असार १२, २०७७
Womens World Cup 2023

पोखरा । अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा सन् २०२३ मा हुने महिला विश्व कप फुटबलको आयोजना गर्ने भएका छन् ।

विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले यसबारे बताएको हो । जापान हटेपछि अस्ट्रेलिया र न्युजिल्याण्ड संयुक्ता आयोजकको रुपमा सबैभन्दा अघि पुगेका थिए । संयुक्त दाबेदारीको बाटो पनि पक्का भएको हो । यो दाबेदारीले यस महिनाको सुरुवातमा फिफाबाट सर्वश्रेष्ठ आँकलन पाएको थियो ।

अस्ट्रेलिया र न्युजिल्याण्डको दाबेदारीले सम्भावित ५ मा ४ दशमलव १ अंक पाएको थियो । जापानले ३ दशमलव ९ अंक पाएको थियो । कोलम्बियाले २ दशमलव ८ अंक पाएको थियो ।

यो प्रतियोगिता सन् २०२३ जुलाई १० देखि अगस्ट २० तारिखसम्म आयोजना हुने तय भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width