एकैदिन ५९३ जनामा कोरोना संक्रमण, संक्रमणबाट २७ काे मृत्यु

एजेन्सी
असार १२, २०७७

काठमाण्डौ, १२ असार । नेपालमा शुक्रबार ५ सय ९३ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा देशभर ५ सय ९३ कोरोनाका संक्रमित थपिएको जानकारी दिए। योसँगै मुलुकभर कुल संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४८ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। विभिन्न अस्पतालहरुबाट ४० पुरुष र ८ महिला कोरोनामुक्त भइ डिस्चार्ज भएको गौतमले बताए। यीसहित शुक्रबारसम्म कुल डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ।

कोरोना संक्रमणबाट नेपालमा २७ जनाको मृत्यु भएको छ ।रसुवाबाहेकका देशका सबै ७६ जिल्लामा कोरोना देखिएको छ। । विगत २४ घण्टामा ६ हजार ५ सय ३४ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म २ लाख ६ हजार बढीको पिसिआर परीक्षण भएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width